नेपालले श्रीलंकाकालाई ५१ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं १७ जेठ- नेपालले श्रीलंकाका बाढीपीडितको सहयोगार्थ श्रीलंकाली सरकारलाई ५१ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले श्रीलंका सरकारलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।
गत शनिबारदेखि भएको भारी वर्षापछि आएको बाढीले श्रीलंकामा करिब २०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बाढीका कारण लाखौं नागरिक विस्थापित भएका छन् ।

सो विपत पछि श्रीलंका सरकारले औपचारिक रुपमै विदेशी सहायताका लागि आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES