नेपालीहरुको शव मलेशियामा अलपत्र

malaysia-1अर्जुन काफ्ले, भदौ २३-मलेसिया । रकम अभावमा मलेसियाको पेनाङ्ग र सेलायङ्ग अस्पतालमा २ नेपालीको शव अलपत्र परेको छ ।

२ हप्ता अघि मोटर साइकल दुर्घटनामा मृत्यु भएका मोरङ्ग पथरी शनिश्चरेका विरेन्द्र भट्टराई र मोरङ्ग सिजुवाका रत्न लिम्वुको शव घर पठाउन नसक्दा अस्पतालमै रहेको छ । लिम्वुको शव सलायङ्ग अस्पतालमा रहेको छ भने भट्टराईको पेनाङ्ग स्थीत सुंगाई वेकाप अस्पतालमा रहेको छ ।

मृतक दुवै जना अवैधानिक हैसियतमा मलेसियामा कार्यरत रहेकाले उनीहरुको शव नेपाल पठाउन समस्या भएको हो ।

भट्टराईको २ हप्ता अघि नै मोटरसाइकल दुर्घटनामा मृत्यु भएपनि उनका परिवारलाइ हालै मात्र सो वारे जानकारी भएको हो । यता लिम्वुको मृत्यु भएको एक हप्ता वितिसक्दा शव नेपाल पठाउन सकिएको छैन् ।

मलेसियाको सेलेङ्गर राज्य स्थित सुगाइवुलोमा एक सेक्युरेटी कम्पनीमा कार्यरत रहेका लिम्वु विरामी भए पछि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा रहेका उनको एक हप्ता अघि मृत्यु भएको थियो । लिम्वुको उपचारमा लागेको रकम र मृतकको शव अस्पतालमा राख्दा लागेको रकम अस्पताललाई वुझाए अस्पतालले शव दिने वताएको छ । रकम अभावकै कारण उनको शव नेपाल पठाउन समस्या भएको उनका साथी गजेन्द्र जिमीले जानकारी दिए ।

मृतक लिम्वु करिव १० वर्ष देखी मलेसियाको रोजगारीमा रहेका थिए । शव लाइ नेपाल पठाउन अस्पतालले १५ हजार रिङ्गेट अर्थात ३ लाख ९० हजार नेपाली रुपयाँ माग गरेको छ । त्यती रकम अस्पतालमा वुझाउन नसकेकै कारण उनको शव नेपाल पठाउन नसकिएको जिमीले जानकारी दिए ।

घाटीमा पिलो आए पछि नियमीत चेक जाचमा रहेका लिम्वुको उपचार अभावमै मृत्यु भएको जिमीले वताए । उनको ठुलो अस्पतालमा उपचार गर्न नसक्दा मृत्यु भएको हो जिमीले भने । घर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पनि लिम्वुको शव नेपाल पठाउन सकिएको छैन । उनको परिवारले छोराको शव नेपाल पठाउने काममा सहयोग गर्न याचना गरेको छ । ४ वर्ष अघि रोजगारीका क्रममा मलेसिया आएका भट्टराइ आएको ४ महिना पछि अवैधानिक वनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *