नेपाली कलाकारीता पारखीका लागी,प्रकाशजस्तै प्रकाश पुरी

चिसाङ्ग शेर्पा-कार्तिक २६ खोटाङ्ग
नेपालको कलाकारिता क्षेत्रमा खोटाङ्गेहरुको योगदान नियाल्ने हो भने अमुल्य र अतुलनिय देखिन्छ । सिकारुदेखी जुझारुसम्म–राज्यबाट मान मर्यादा लिएका र दिएसम्मका नेपाली कलाकारहरु प्राय प्राकृतिक तथा सौन्दर्यका धनि जिल्ला खोटाङ्गकै देखिन्छन् । नेपाली तथा अन्र्तराष्ट्रिय बजारसम्म खोटाङ्गेहरुले नै बजार तताईरहेका छन् । पुराना श्रष्टालाई सम्मान नयाँ श्रष्टालाई प्रोत्साहन दिन अनि चलनचल्तीमा रहेका कलाकारजस्तै कलाकारिताको नशालाई बिश्वसामु फैलाउन चाहाना भएका कलाकारिता पारखीका निम्ती एउटा प्रज्वलित नाम हो प्रकाश पुरी ।
नेपालकै पहिलो चलचित्र सम्बन्धी अध्यापन गराउने संस्था एभरेष्ट फिल्म एकेडेमीका संस्थापक तथा कार्यकारी प्रमुख पुरीको जन्म पुर्बी पहाडी जिल्ला खोटाङ्गको पश्चिमी गाविस अर्खौलेस्थित बिजुलेमा २०४७ जेष्ठ १९ गते भएको हो । कलाकारिताका अनेक विधामा ईच्छा भएकाहरुका लागी संस्थाको तर्फवाट उपलब्ध गराउने सेवा सुविधाबाट सहयोग पु¥याउन रातादिन जुझारुहरुको भिडमा चम्किला युवा हुन् प्रकाश । आमा पशुपती पुरी बुवा एकनाथ पुरीका माईला छोराका रुपमा जन्म भएका उनी स्नातक तहसम्मका पढाई पुरा गरी बिगत बर्षदिन यता नेपाली चलचित्र सम्बन्धी विविध विधामा शैदान्तिक तथा प्रयोगात्मक शिक्षा दिंदै आईरहेको संस्था एभरेष्ट फिल्म एकेडेमीका मालिक हुन् ।
अर्खौलेस्थित सरस्वती उच्च मा वि बाट ०६२ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरी कोशी सेण्ट जेम्स उच्च मा वि ईटहरीमा उच्च शिक्षा हासिल गरेका पुरीले नेपाल कर्मस क्याम्पस काठमाडौ नयाँ बानेश्वरमा ०६७ मा स्नातक तह पुरा गरेका हुन् । कलेज जिवनसंगै नेपाली चलचित्र सम्बन्धी कथा लेखनबाट चलचित्र यात्रा सुरु गरेका उनले रावण,रुदाक्ष,लभ ईन चाईना बोर्डरजस्ता दर्जन चलचित्रका कथा लेखेका छन् । ‘चलचित्र सम्बन्धी अध्ययन गर्ने शैक्षिक संस्थाको आवस्यकताको महशुस गर्दै नेपालकै चर्चित कलाकारहरुलाई साथमा लिएर चलचित्र र टेलिभिजन सम्बन्धी अन्र्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने एभरेष्ट फिल्म एकेडेमी नामक संस्था स्थापना गरेका उनले बताए’ । काठमाडौस्थित मिनभवनमा रहेको एकेडेमीका संस्थापक तथा कार्यकरी प्रमुख समेत आफै रहेका संस्थामा नेपालका ख्यातीप्राप्त कलाकार सुनिल थापा, उज्जवल घिमिरे ,दिपकराज गिरी, छविराज ओझा ,मिथिला शर्मा, गौरी मल्ल ,लक्ष्मीनाथ शर्मा लगायत २० जना भन्दा बढी चलचित्र सम्बन्धी ख्यातीप्राप्त ब्यतिहरु आवद्द छन् ।
नेपाली चलचित्र उधोगका उच्च ओहदाका ब्यतिmवाट हप्तामा एकदिन अन्य समयमा एकडेमीका शिक्षकहरुबाट दैनिक फिल्म सम्बन्धी अभिनय, निर्देशन, भिडियो सम्पादन, छायांकनको बर्षदिने शैदान्तिक, प्रयोगात्मक पढाइ हुने गरेको उहाँको भनाई रहेको छ । नेपालकै पहिलो फिल्म एकेडेमीमा बर्षदिनमा सयजना हारारहारीमा विद्यार्थीहरु अध्ययन गरीरहेका छन् ।
राजधानीमा रहेर पनी जिल्लाको चौतर्फी विकासमा टेवा पु¥याईरहेका उनले नमस्ते खोटाङ्ग नामक महोत्सवको दुई संस्करण गराउन सफल भएका छन् । पहिलो संस्करण अन्र्तगत अर्खौलेस्थित साल्पा चौरमा नमस्ते खोटाङ्ग ०७१ मा महानायक राजेश हमाल,कुमार कट्टेल ( जिग्री) अर्जुन घिमिरे (पाडें) लगायत राजनितिज्ञ तथा सरोकारवालालाई कार्यक्रम मार्फत एकबद्घ गराएका थिए । यस्तै,सदरमुकाम दिक्तेलमा दोस्रो संस्करण अन्र्तगत कलाकार दिपराज गिरी,गायिका मिलन अमात्य लगायत दर्जर्नौ कलाकारहरुलाई खोटाङ्ग पु¥याएका एकेडेमीका कार्यकारी प्रमुख पुरीले यतिबेला तेस्रो संस्करणको तयारी भईरहेको बताए । खोटाङ्ग जिल्लाको कला संस्कृती पर्यटन प्रर्बद्घन र खेलकुदका विकासका लागी भन्ने मुल नाराका साथमा हरेक बर्ष नमस्ते खोटाङ्ग नामक महोत्सव एकेडेमीका संस्थापक तथा कार्यकरी प्रमुख पुरीकै संयोजकत्वमा हुंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *