नेपाली कांग्रेसका उम्मेदवारलाई २१ किलोको माला

रामेछाप- कम्युनिष्टहरुको ‘लालकिल्ला’भनेर चिनिएको रामेछापको सुनापतिमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्थानीयवासीले २१ किलोको माला लगाएर स्वागत् गरेका छन् ।

आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनलाई त्यहाँका मतदाताले २१ किलोको माला लगाएर स्वागत् गरेका हुन् ।

आइतबार कान्छाराम र उनको टोलीलाई सुनापति–२ खाँडादेवीका स्थानीयहरुले भव्य स्वागत गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवारहरुलाई गरिएको स्वागतले आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी कांग्रेस रामेछाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *