नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

काठमाडौ १९ असोज- एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टि बीच एकता हुने भएपछी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक असोज २० गते शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *