नेपाली गीतमा थ्री डीको प्रयोग (सुन्नुहोस गीत यहाँ )

ईन्द्र जिजीबिषा / काठमाडौ- नेपाली गीत-संगीतको क्षेत्रमा पहिलो पटक थ्री डि (3D) आएको छ । “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको गीत थ्री डि मा सार्वजनिक भएको हो । थ्री डि भिडियो, थ्री डि गेमहरु त हामीले बग्रेल्ती हेर्दै आईरहेका छौं । तर यो थ्री डि गीत भने पहिलो पटक सार्वजनिक भएको हो ।

नेपाली गीत-संगीतको क्षेत्रमा मिक्सिङ इन्जिनियरको रुपमा आफ्नो परिचय बनाएका मीन विष्टले पहिलो पल्ट थ्री डि गीत सार्वजनिक गरेका हुन् । मिलन-बिछोड, माया-प्रेमकै सेरोफेरोमा रहेर राम्री-राम्री युवतीहरुलाई अंग प्रदर्शन गराउदै युवाको अगाडि पछाडि नचाउने म्युजिक भिडियोको ट्रेनलाई ब्रेक गर्दै थ्री डि मार्फत निर्माण गरिएको गीतले स्रोताहरुलाई मिन विष्टले मदहोस बनाउन सफल भएका छन् ।

कुनै एक स्थानमा बसेर अर्को कुनै स्थानको वा अरु कुनै चिजको रियल अनुभूति गरे जस्तो लाग्नु नै थ्री डि हो । करिब-करिब हिप्नोटाइज जस्तै बनाउने गर्दछ थ्री डि ले । भिडियोमा हेर्दा खेरि परबाट बाघहरु आफै तिर रियल आईरहेको जस्तो भान गराउदछ । यो गीतमा पनि मिन विष्टले यस्तै आभाष दिलाउने गरेर निर्माण गरेका छन् । यो गीत सुन्नलाई शान्त स्थानमा एयर फोनको माध्यमबाट सुनेर दुवै आँखा बन्द गर्नु पर्दछ ।यसरी गीत सुन्दै जाँदा विभिन्न क्यान्भासहरु निर्माण हुने गर्दछ । कसैले बिछोड र बियोगान्तको आभाष महशुस गर्न सक्छन् भने कसैले पहाडको टाकुराहरुमा आफै दौडिरहेको महशुस गर्न सक्छन् । वास्तवमै छुट्टै आनन्द दिन सक्ने यो गीत बनेको छ ।

चन्दा घिसिङ्गको आवाजमा रहेको बहुचर्चित गीत “झुम्का गिर्यो रे” का संगीतकार समेत रहेका विष्टले यो गीतमा सबै जात र समुदायलाई समानुपातिक हिसाबले समेटेका छन् । लक्ष्मीप्रसाद घिमिरेको शब्द रचनामा दिपा लामा र राम धिमालको स्वर रहेको गीत “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” लाई मिन आफैले संगीत गरेका हुन् । सधैं प्रविधिमा केही न केही नयाँ प्रयोग गरिरहन रुचाउने मिनले हेडफोन अनिवार्य लाएर सुन्न समेत आग्रह गरेको छन् विष्टले । गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिने भएकोले, कुनै पहाडी इलाकामा प्रेममा लिप्त भएर नाच्दै गाउँदै गरेका युवायुवतीको दृश्य स्रोताको मस्तिष्कमा आउने गर्दछ ।

फ्लुट र सारंगीको प्रयोग गरिएको यो गीतमा सकेसम्म कम संगीतका इन्स्ट्रुमेन्ट प्रयोग गर्ने कोशिस गरिएको छ । चाहिने भन्दा बढि संगीतका इन्स्ट्रुमेन्ट प्रयोग गर्दा लगानी धेरै पर्ने विष्टको दाबि छ । डम्बर लिम्बुले एरेन्ज गरेको यो गीतलाई कुमार सिंजाली मगरले रेकर्ड गरेका हुन् ।

थ्री डि गीत यहाँ सुन्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *