नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाईले गरिन रगत दान

काठमाण्डौ, भाद्र २०। गोकर्णेस्वर नगरपालिका स्वयंसेबक परिचालन समिति र नारायणटार युवा क्लबको संयुक्त आयोजनामा नारायणटार को चामुण्डा स्कुल को प्राङ्गणमा बृयत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोरोना माहामारीले सृजना गरेको रगतको चरम अभाबलाइ सहज बनाउन उक्त रक्तदानको कार्यक्रम गरिएको संयोजक दिपक लामाले सुचना खबरलाई बताउनु भयो। यसरि रगतको दान गर्ने बाताबरण बनाउन सकेकोमा नारायणटार युवा क्लबका अध्यक्ष धर्म थिङ्ग लामाले खुशी ब्यक्त गर्दै समाजका हरेको दुखमा साथ् दिने निर्णय गरेको बताउनु भयो।

रक्तदान आफैमा जिबन दान मानिन्छ उक्त रक्तदान कार्यक्रममा नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाईंले रगत दान गर्नु भएको छ। यस पटक जिबनमा पहिलो पटक नेपाल आइडलको ताज पहिरिय संगै जिबनको पहिलो रगत दान पनि भएको सुचना खबर लाइ बताउनु भयो। पहिलो रगत दानमा कस्तो महशुस भैरहेको छ भनि सोधिएको प्रश्नमा वाहाले मनैबाट दान गर्न मन लागेकाले अत्यन्तै खुशी लागेको तर पहिलो पटक भएर होला चक्कर लाग्ला लाग्ला जस्तो भयो भनि बताउनु भयो। यसरि सबै नेपालीको मन मुटुमा बसेकी आइडल ले खुशीले रगत दान गरि जिबन दान गर्नु वहाको संगीत मात्र हैन सामाजिक दाइत्वो पनि बहन गर्नुमा सबै नेपालीले गर्ब गर्नै पर्छ। यसरीनै हतारिदै अन्तिम समयको राम्रो सदुपयोग गर्दै संकरापुर हस्पिटल का डाइरेक्टर डा रमेश ढकाल ले रगत दान गरि उक्त रक्तदान कार्यक्रम मा सोभा बडाउदै हामी सबैले यसरीनै एक अर्कालाई सहायताको भावना राख्न सके रगतको अभावलाई न्यूनीकरण गर्न सकिन्छ र मेरो यो १६ औ पटकको रगत दान हो भनि बताउनु भयो । रक्तदान काय्रक्रममा विभिन्न अपांगता ब्यक्तित्वोहरुको पनि राम्रो सहभागिता देख्दा मानवता अझै जिबित रहेको पुस्टि गर्छ।

बाक्लो उपस्थितिमा गरिएको रक्तदान कार्यक्रममा कोकर्णेस्वर नगर प्रमुख मेयर सन्तोष चालिसे वडा अध्यक्ष ५,६र ८ का क्रमश नारायण सुबेदी रमेश अर्याल र मनोज ढुंगाना समाजसेवी कृष्ण हरि भण्डारी गोकर्णेस्वर नगरपालिका सोयंसेवक परिचालन समिति का सल्लाकार नेपालि कांग्रेसका नेता शम्भु अधिकारि नेता कर्मा लामा लगायतका ब्यक्तित्वो बाक्लो उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।


यस रगत दान कार्यक्रम लाइ सहज र सरल बनाउन सहयोग गर्ने याङ्गजी योञ्जन, Zenith Educational consultancy र चामुण्ड उच्च मा. बि. प्रति आभार प्रकट गर्दै क्लबका अध्यक्ष्य लामा ले सधै सबैको सहयोग पाएको भएर नै सामाजिक कार्य गर्न सहज भएको भावना सुचना खबर लाइ ब्यक्त गर्नु भयो।

राजन खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *