नेपाल आईडलबाट बाहिरीपछि प्रमिला राई बाढिपिडितको सहयोगार्थ सांगीतिक कार्यक्रममा

ईन्द्र जिजीबिषा/काठमाडौ ७ भदौ-नेपाल आईडलको टप सेभेन गायिका प्रमिलाराईले नेपालको बाढिपिडितको सहयोगार्थ सांगीतिक कार्यक्रम गर्ने भएकी छन् ।

बुधबार बेलुकी ८:०० बजे देखि भिक्टोरि लङ्ग दरबार मार्गमा प्रमिला राईले बाढिपिडितको सहयोगार्थ कार्यक्रम गर्न लागेकी हुन् । गायिका प्रमिला राईको साथमा एनएस ब्याण्डको पनि उक्त कार्यक्रममा प्रस्तुती रहने छ ।

“थोपा थोपा मिलेर सागर बने जस्तै हाम्रो सानो सहयोगले बाढिपिडितहरुको लागि ठूलो सहयोग हुने” गायिका प्रमिला राईले भनेकी छन् । कार्यक्रम बाट संकलन भएको सबै रकम बाढिपिडितको लागि सहयोग गर्ने बताईएको छ ।

आगामी दिनहरुमा पनि गीत-संगीतको अलावा सामाजिक कार्यमा आफू संलग्न रहने गायिका प्रमिला राईले सूचना खबरलाई बताएकी छन् । यो कार्यक्रमको आयोजना सन्तोष कार्कीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *