नेपाल आदिवासी जनजाती महासङ्घ क्षेत्रीय समिती जोहोरको अधिवेशन हुने

किशोर पुमा राई/मलेसिया, २१ पुस- नेपाल आदिवासी जनजाती महासङ्घ मलेसिया अन्तर्गत जोहोरबारु क्षेत्रीय समितिको तेश्रो अधिवेशन सन् २०१८ जनवरी २८ तरिकको दिन हुने भएको छ ।

“अधिकार प्रतिनिधित्व र स्वशासनको लागि आदिवासी जनजातीको अडान पहिचान सहितको सङ्घियताको लागि संविधान संशोधन हाम्रो अभियान ” भन्ने मुल नाराकोसाथ हुन गैरहेको अधिवेशनले नयाँ जोशिलो र गतिशिल कार्य समिति गठन गरेर आदिवासी जनजातीहरुको मौलिक हक अधिकार पहिचानको लागि केन्द्र सङ्ग सहकार्य गर्दै प्रवासबाटै राज्यलाइ दबाब दिइने अधिवेशन आयोजक समितिका संयोजक तथा महासङ्घ क्षेत्रीय समिती जोहोरका वर्तमान सचिब मात्रीका धिमालले बताएका छन् ।

त्यस्तै महासङ्घ क्षेत्रीय समिती जोहोरका बरिस्ठ उपाध्यक्ष गोपाल राना मगरले अधिबेशनको निम्ति हल बुकिङ भइसकेको र अन्य तयारीहरु तिब्र रुपमा भइरहेको जानकारी दिएका छन् ।

अधिबेशन भब्य रुपमा सम्पन्न पार्नलाइ सम्बन्धि सबैलाइ जानकारी गर्ने गराउने पत्राचार गर्ने गराउने कार्य भैरहेको साथै २०१८ जनवरी २८ तारिक बिहानको ११ बजे बागुस होटलको छैटौं तल्लामा उपस्थित भएर नेपाल आदिवासी जनजाती महासङ्घ मलेसिया अन्तर्गतको जोहोर क्षेत्रीय समितीको अधिबेशन सम्पन्न पार्नको निम्ति पनि आयोजक टिमले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *