नेपाल एयरलाइन्समा यात्रुले अब दुई वटा झोला मात्रै प्रयोग गर्न पाउने

माघ ११ काठमाडौ,नेपाल एयरलाइन्सले छवि सुधार्दै नेपाल आवतजावत गर्ने यात्रुको विश्वास जित्न जुटेको छ। विगतमा व्यवस्थापकीय कमजोरीका कारण अन्तरराष्ट्रिय उडानबाट खुम्चिँदै गएको नेपाल एयरलाइन्सले कमजोरी सच्याउँदै आफूलाई विश्वसनीय एयरलाइन्सका रूपमा स्थापित गराउने प्रयास थालेको हो।

नेपाली झण्डाबाहक यो विमान सेवाप्रति नेपाली यात्रुले देखाएको मायाले हौसला उच्च भएको यसका अधिकारीहरू बताउँछन्। नेपाल पत्रकार महासङ्घ युएईको नवनिर्वाचित कार्यसमितिको स्वागत तथा बधाईमा गरिएको कार्यक्रममा विमान सेवाको सेवा सुविधाबारे जानकारी दिँदै नेपाली नागरिकबाट सहयोगको अपेक्षा गरिएको समेत एयरलाइन्सका अधिकारीहरुले बताएका छन्।

नेपाल एयरलाइन्सले १८ अगस्ट २०१६ देखि दुबईमा आफ्नो उडान सुचारु गरेको छ। त्यसअघि झन्डै चार वर्ष दुबईमा नेपाल एयरलाइन्सले उडान भर्न सकेको थिएन। विगतमा पटक पटक उडान ढिला र रद्ध हुने लगायतका समस्या देखिएपछि यात्रुले वैकल्पिक विमान सेवाको सुविधा लिन थालेका थिए।
‘विगतका समस्या नदोहोर्याउने र सेवालाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार प्रतिस्पर्धी बनाएर लैजान हामी खटिएका छौँ’, एयरलाइन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेलले भने।

लगेज व्यवस्थापनमा चुनौती

नेपाल वायुसेवा निगमले दुबईबाट नेपाल जाने यात्रुलाई सहुलियत दरमा ४० किलो सम्मको लगेजको सुविधा दिँदै आएको जनाएको छ। तर, ४० किलोको सुविधा दिएपछि दुई भन्दा धेरै ब्यागको प्रयोग गर्दा व्यवस्थापन गर्न कठिनाइ हुने पौडेलले बताए।

एउटै यात्रुले धेरै ब्याग ल्याउँदा विमानले यात्रु बोक्न सक्ने क्षमता भन्दा कम यात्रु बोक्ने गरेको उनले जानकारी दिए। कारोबार दैनिकमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *