नेपाल टेलिकमले आफ्नो बार्षिक उत्सबको अवसरमा ल्यायो भारि अफर

माघ २२ काठमाडौ, नेपाल टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसरमा बिभिन्न सेवामा छुट अफर ल्याएको । १३ औं वार्षिक उत्सवको अवसर पारेर शनिबारदेखि प्रिपेड मोवाइलमा फोरजी सेवा सुरु गरेको टेलिकमले ४ दिनसम्म १०० एमबीका दरले ४ सय एमबी डाटा निशुल्क उपलब्ध गराउने घोषणा गरेको हो ।

त्यस्तै सीआरबीटी पनि पुन सञ्चालन गरी एक दिनमा एउटा गीतको दरले १५ दिनसम्म निशुल्क सीआरबीटी सेवा दिने जनाएको छ । त्यस्तै जीएसएम मोवाइलमा ५ दिन भ्यालिडिटी भएको १०० एमबी फेसबुक प्याकेज २० रुपैयाँमा दिने पनि टेलिकमले जनाएको छ । यो सुविधा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म लिन सकिनेछ ।
त्यस्तै राती १० बजेदेखि बिहान ६ बजेसम्म ५००० एमबी डाटा ४० रुपैयाँमा र १२ सय एमबी डाटा ८५ रुपैयाँमा दिने घोषणा पनि टेलिकमले गरेको छ ।

यसमा ५०० एमबीको डाटाको भ्यालिडिटी ७ दिन र १२०० एमबीडाटाको भ्यालिडिटी १५ दिन रहने वार्षिक उत्सवको अवसरमा जानकारी दिइएको छ ।

त्यस्तै जीएसएम मोवाइलमा १३० मा ७ दिन भ्यालिडिटी भएको २०० एमबी डाटा किन्दा २०० एमबी नै बोनस पनि दिएको छ । ३०० मा १५ दिन भ्यालिडिटी भएको ५०० एमबी डाटा किन्दा ५०० एमबी नै बोनस दिएको छ । सीडीएमएमा भने २०० एमबीको डाटा ७५ रुपैयाँ र ५ सय एमबी डाटा १७५ रुपैयाँमा नै दिएको छ ।

यसको पनि भ्यालिडिटी र बोनस भने जीएसएम सरह नै पाउने टेलिकमले जनाएको छ । यसैविच, टेलिकमले काठमाडौंका सडकहरु हरियाली बनाउन काठमाडौं महानगरपालिकालाई ४० लाख रुपैयाँ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *