नेपाल पत्रकार महासंघको महाधिबेशन नजिकिदै गर्दा, आफ्नो पक्षमा पार्न दलहरुको दौडधुप

काठमाडौ ७ साउन- नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको महाधिबेशन नजिकिदै गर्दा, दलका नेतादेखि पत्रकार संगठनहरु क्रियाशिल हुन थालेका छन् । पत्रकार महासंघमा आफ्नो नेतृत्वलाई जिताउन सवैभन्दा बढि नेपाली कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारी नेपाल दौडधुपमा जुटेको छ ।

पत्रकार महासंघमा आफ्नो नेतृत्व जिताउन एमाले नेता तथा प्रचारविभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भूसाल लागि परेका छन् । पत्रकार संगठनहरुको चुनावी तालमेल गराउन चार नेताहरु दैनिक सक्रिय हुने गरेका छन् ।
प्रेस सेन्टरभित्र दुई खेमा रहेका छन् । महेश्वर दाहाल खेमा प्रेस युनियनसँग सहकार्य गर्ने पक्षमा देखिएको छ भने उपाध्यक्ष गोविन्द आचार्य खेमा पुरानो गठबन्धन कायम राख्दै प्रेस चौतारीसँग सहकार्य गर्ने पक्षमा छ ।

दाहालका पक्षमा पत्रकार नेता तथा महासंघका पूर्वमहासचिव ओम शर्मा, नेता जुगल छन् भने आचार्यको खेमामा महासंघका वर्तमान उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव उजिर मगर रहेका छन् ।

प्रेस सेन्टरलाई तान्न प्रेस युनियनदेखि कांग्रेस नेता र प्रेस चौतारीमा तान्न एमाले नेताहरु सक्रिय देखिएका छन् । पत्रकार महासंघको ६५ बर्षे इतिहासमा ६ बर्ष बामपन्थी खेमा बिजयी भएपछि लगभग ६० बर्ष युनियनकै नेतृत्व थियो । ६ बर्षअघि गुमेको आफ्नो नेतृत्व पुन स्थापित गर्न प्रेस युनियन र कांग्रेस नेता लागिपरेका छन् । प्रेस युनियनले अध्यक्ष बाहेकका सवै पद प्रेस सेन्टरलाई दिन तयार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *