नेपाल प्रहरीको प्रमुख जय बहादुर चन्द बन्ने तयारी

काठमाडौ १ कातिक – नेपाल प्रहरीको प्रमुख जय बहादुर चन्द बन्ने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालय आफैले समालेपछि जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने गृहकार्य शुरु गरेका हुन् । आईजीपी अर्याललाई प्रधानमन्त्रीले सुरक्षा सल्लाहकार बनाउने र चन्दलाई आईजीपी बनाउने प्रधानमन्त्रीले गृहकार्य शुरु गरेको स्रोतको दाबी छ ।

चन्दलाई आईजीपी बनाउने अघिल्लो सरकारको निर्णय सर्वोच्चको आदेशका कारण कार्यान्वयन हुन पाएको थिएन । प्रधानमन्त्रीले चन्दलाई प्रहरी प्रमुख बनाएर मात्रै गृहमन्त्रालयको जिम्मेवारी अरुलाई दिने बताइएको छ ।

हाल एआईजी रहेका चन्द महानगरिय प्रहरी प्रमुख छन् । तत्कालिन डिआईजी नवराज सिलवालले चन्दलाई रोकेपछि प्रकाश अर्यालले प्रहरी प्रमुख हुने मौका पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *