नेपाल वायुसेवा निगमले आफ्नो बोइङ विमान बिक्रि गर्ने

चैत्र २ काठमाडौ,नेपाल वायुसेवा निगमको १ सय ९० सित क्षमताको आफ्नो बोइङ विमान बिक्रि गर्ने भएको छ । बिक्रीका लागि न्यूनतम मूल्य १७ करोड रुपैयाँ तोकेर आगामी साता ग्लोबल टेन्डर आह्वान गर्ने भएको छ । व्यवस्थापनले अहिले ग्लोबल टेन्डरको अन्तिम तयारी गरिरहेको र ७ देखि १० दिनभित्र प्रक्रिया पूरा गरी टेन्डरमा जाने बताईएको छ ।

निगमसँग अहिले दुईवटा बोइङ ७५७–२०० मोडलका जहाज छन् । यी जहाज निगमले सन् १९८७ मा नेपाल भित्राएको थियो । १ सय ९० सिट क्षमताका यी दुवै जहाज विस्थापन गर्दै अन्तर्राष्ट्रिय उडानमा तत्काल एयरबस कम्पनीका जहाज मात्र थप्ने निगमको रणनीति छ । थोरै जहाज भएको कम्पनीले धेरै कम्पनीका जहाज राख्दा सञ्चालन खर्च बढी हुने भएकाले पुराना जहाज विस्थापन गर्दै नयाँ थप्ने निष्कर्षमा निगम पुगेको हो।

डबल इन्जिनयुक्त उक्त बोइङ ७५७–२०० बाट एक इन्जिन निगमले अर्को बोइङमा सारेर उडाइरहेको छ । अहिले विस्थापनको योजनामा रहेको जहाजको इन्जिनको आयु अब १ घन्टा उडान मात्र बाँकी बताईएको छ । त्यो पनि जहाज खरिद गर्ने कम्पनीले उडाएर आफ्नो मुलुकसम्म पुर्‍याउनका लागि मात्र बचाएर राखिएको हो । त्यसपछि जहाज उडानयोग्य बनाउने हो भने नयाँ इन्जिन फेर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *