नेश्नल प्याब्सनको २० औँ वार्षिकोत्सव भव्यता साथ मनाईयो

काठमाडौं, २७ पुस – नेश्नल प्याब्सनकी संस्थापक एवम् पूर्व सांसद गीता क्षेत्री राणाले नीजी शैक्षिक क्षेत्रसँग जोडिएका कानुनी जटिलतालाई सरल बनाउन सरकारसँग माग गरेकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा प्याब्सनको २० वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘नीजि क्षेत्रमा रहेर नेश्नल प्याब्सनले शैक्षिक क्षेत्रको उल्लेख्य विकास गरेको छ, सामुदायिक विद्यालयमा कक्षा १ देखी मात्रै बालबालिकाले पढ्न पाउने व्यवस्था छ, तर नीजि क्षेत्रले त्यो भन्दा पहिले नै बालबालिकाहरुलाई शिक्षा दिने काम गर्न सकेको छ ।’

राणाले विगत २० वर्षदेखि शैक्षिक क्षेत्रको विकासको लागि अतुलनीय साथ दिँदै आएको जिकिर गरिन् । उनले भनिन्,‘सरकारले १ देखि कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा घोषणा गरेको छ, कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई बैशाखदेखि चैत्रसम्म पढाउनुपर्छ, ११ र १२ कक्षाका विद्यार्थीहरुलाई भदौसम्म पढाउनुपर्नेहुन्छ, यस्तो दुई खाले व्यवस्थापन कसरी गर्ने ? यसका बारेमा सरकारले सोच्नुपर्छ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले २० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै शैक्षिक क्षेत्रको विकासको लागि सञ्चार माध्यमले साथ दिने विश्वास दिलाए ।

उनले भने,‘तपाईहरुको टिम एकदम राम्रो र सवल छ, यसले शिक्षा क्षेत्रको विकासको लागि ठुलो काम गरेको छ, गीता राणाजस्तो नेतृ यस संगठनसँग नजिक हुनुहुन्छ, यस संस्थाका मूल्य र मान्यतालाई राज्यको जिम्मेवार क्षेत्रमा पुर्याउनको लागि म आग्रह गर्दछु ।’

त्यस्तै कार्यक्रममा संस्थाका निवर्तमान् वरिष्ठ उपाध्यक्ष सुर्यबहादुर अधिकारीले २०२८ सालपछि निजी क्षेत्रले पाएको जिम्मेवारीलाई पुरा गर्नेमा कुनै कसर बाँकी नराखेको जिकिर गरेका छन् ।

उनले भने,‘हामी शैक्षिक क्षेत्रको विकासको लागि जुटेको आज २० र्औँ वर्ष पूरा भएको छ, आजका दिनसम्म आउँदा हामीले धेरै दुःख पाएका छाँै, नीजि क्षेत्रले लगानी गर्न पाउँछ भनेर कानूनमा भनेको छ तर ऐनले धेरै बाधा सिर्जना गरेको छ, यस्तो स्थितिमा हामीले कसरी काम गर्ने? हिजोका दिनदेखि आजको दिनसम्म यस्ता अप्ठ्याराहरुसँग लड्दै शैक्षिक र सामाजिक भलाईको लागि भिड्दै आएका छौँ, अझै पनि लागिरहने छौं ।’

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष डा. कुश्मिला आचार्य, जिल्ला कमिटी सदस्य गीता खड्का र मनोज घिमिरे लगायतले नेश्नल प्याब्सनले अहिलेसम्म खेलेको भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *