न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको पचासौ पर्यटन गन्तव्यमा नेपालको लाङटाङ पनि

पौष २१ काठमाडौ,अमेरिका बाट प्रकाशन हुने, न्यूयोर्क टाइम्सले नयाँ वर्ष २०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूची सार्वजनिक गरेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा नेपालको लाङटाङ पनि परेको छ ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले २०१७ मा जानु पर्ने ५० ठाउँलाई यो सूचीमा राखेको हो । नेपालको लाङटाङ क्षेत्रलाई यो सूचीको ४३ औं नम्बरमा राखेको छ ।

पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकहरुका लागि १५ दिनको तामाङ हेरिटेज ट्रेलको अफर छ, जसमा उच्च हिमाली भूभाग, हरियो घासे मैदान, पुरानो गाउँ र बिहारहरु हेर्न सक्नेछन् न्यूयोर्क टाइम्समा भनिएको छ ।

न्यूयार्क टाइम्सको सूचीको पहिलो नम्बरमा क्यानडा छ भने दोस्रो नम्बरमा चिलीको अटाकामा मरुभूमि र तेस्रो नम्बरमा भारतको आग्रा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *