पतंजली सुरशाला आइडल जुनियर सम्पन्न,आयुष के सी बिजयी

बिबेक कार्की-चैत्र ६ काठमाडौ, सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा नेपालको पहिलो बाल गायन रियालिटी शो पतंजली सुरशाला आइडल जुनियरको ग्रान्ड फिनाले सम्पन्न भएको छ l पतंजली आयुर्वेद प्रालि नेपालको प्रायोजनमा भएको यस कार्यक्रम ७ महिना पहिला देखि कान्तिपुर टि.भीबाट प्रसारण भैरहेको थियो l

बाल गायन रियालिटी शोमा मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस केसी पतंजली सुरशाला आइडल जुनियरको बिजेता बनेकाछन l बिजेतालाई पतंजलिको तर्फबाट रु ५१,०००को साथमा गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ५०,००० गरि जम्मा नगद रु १ लाख १ हजार नगद सहित ३ लाख ५० हजार रुपैया बराबरको (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन् l सीटिभी मोबाइलको तर्फबाट मोबाइल गिफ्ट पनि पाएका छन् l

त्यसैगरि सुनसरीका प्रितम आचार्य दोस्रो स्थान हँसिल गरी पतंजलिको तर्फबाट रु ४१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ३०, ०००/- गरि जम्मा नगद रु ७१,०००/- नगद प्रुस्कार का सहित २, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरस्कार जितेका छन् l

यसैगरि ज्ञान निकेतनमा अध्यनरत काठमाडौका स्रजल महर्जन यु ट्युबमा सबै भन्दा बढी दर्शक भोट पाएर “पब्लिक चोइस अवार्ड” को बिजेता र टप ५ मा तेस्रो स्थान हाँसिल गरी पतंजलिको तर्फबाट रु ३१००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु २०,०००-१५,००० गरि जम्मा नगद रु ६६,०००/- नगद पुरस्कारका सहित १ लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन् l

चितवनका अद्दित्य राज ढकाल चौथो र पोखराकी ममता गुरुङ पाँचौं स्थानमा परि सुरशालाको तर्फबाट नगद रु १०/१० हजार, गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति र सि टि.भी मोबाईल वर्ल्ड एप्पल वर्ल्डका तर्फबाट मोबाइल गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् l साथमा रेबेल क्रियशनको तर्फबाट पतंजली सुरशाला आइडल जुनियर टप १० लाई नै गीति एल्बम र टप ५ लाई म्युजिक भिडियोको अवसर, लोकप्रिय संगीतकार आलोक श्री को तर्फबाट टप ७ लाई गीति एल्बमको अवसर पाउनेछन l देशका विभिन्न स्थानहरुबाट ७ बर्ष देखि १६ वर्ष भित्रका १५ सयभन्दा बढी प्रतिभाशाली बाल बालिकाहरुले अडिशन दिएका थिए l उनीहरु मध्यबाट टप १० हुँदै उत्कृष्ठ ५ को छनोट भएको थियो l

रसियन कल्चर सेन्टरमा बरिष्ठ गायक प्रेम ध्वजको प्रधानको प्रमुख आतिथ्यमा टप ५ पतंजली सुरशाला आइडल जुनियरले जोडदार प्रस्तुति दिएका थिए l कार्यक्रममा बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार फिल्म निर्माता यादव खरेल, गीतकार राजेन्द्र थापा, बरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, महेश खड्का, गायक रामकृष्ण ढकाल ,प्रमोद खरेल, नरहरि प्रेमी लगायत, विभिन्न क्षेत्रका बिशिष्ठ व्यक्तित्व, अविभावकहरुको उपस्थित थियो l

यस कार्यक्रमका मुख्य निर्णायक गायक हेमन्त शर्मा, राज सिग्देल र जुनु प्रसाईं रहेका थिए भने अमन प्रधान, सुप्रिया मास्केका साथमा नरेश भट्टराईले कायक्रम संचालन गरेका थिए l कार्यक्रममा कार्यक्रमका निर्देशक गायक अमृत छेत्रीले सुरशाला आइडल जुनियर सम्पूर्ण टीमलाई धन्यबाद दिदै सुरशाला फ़ाउण्डेशन निरन्तर बालबालिकाहरुको प्रतिभाको खोजि गर्ने र उनीहरुलाई संगीतको ब्यबहारिक शिक्षा र अवसर प्रदान गर्ने बताए l सुरशाला आइडल जुनियर दोस्रो पनि छिटै हुने घोषणा समेत गरेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *