पतञ्जलीको औषधि बिक्री वितरणमा रोक लगाईयो, कम गुणस्तरको भएको खुलासा

काठमाडौं २३ जेठ- बेलाबेलामा चर्चामा आइरहेका रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रले उत्पादन गरेका चार औषधिहरु नेपालमा विक्री वितरण गर्न रोक लगाईएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना जारी गरी गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले उक्त केन्द्रबाट उत्पादित चार प्रकारका औषधिलाई नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । विभागले बजारमा रहेका ती औषधि तुरुन्त फिर्ता गर्न निर्देशन समेत दिएको छ ।

विभागले औषधि ऐन २०३५ को दफा १४ अनुसार यस्तो निर्णय गरेको जनाएको छ । बजारमा रहेका त्यस्ता औषधिको विवरण औषधि व्यवस्था विभागमा पेश गर्न आयातकर्ता तथा उक्त कम्पनीका आधिकारीक प्रतिनिधिलाई निर्देशन दिइएको छ । उपभोक्तालाई पनि ती औषधिहरु प्रयोग नगर्न आह्वान गरिएको छ ।

विभागले प्रतिबन्ध लगाएका आयुर्वेदिक औषधिमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्ण रहेका छन् ।

patanjali

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES