पत्रकार महासंघ शाखा खोटाङ्गलाई ल्यापटपसहित नगद सहयोग जुट्दै (सहयोगी नामावली सहित)

चिसाङ्ग शेर्पा,चैत्र-३० काठमाडौ
नेपाल पत्रकार महासंघ शाखा खोटाङ्का लागी विभिन्न देशमा आर्थिक सहयोग जुट्न थालेको छ । महासंघ शाखा र जिविस खोटाङ्को सहयोगमा निर्माण भईरहेको नयाँ भवनमा विविध सामग्री खरिदका लागी प्रवासमा रहेका खोटाङ्गेहरुद्धारा सहयोग रकम संकलन कार्य सुरु भएको हो । रुपाकोट मझुवागडी नगरपालीकाको दिक्तेल रत्नपार्कमा निर्माणाधिन भवनका लागी कम्प्युटर,प्रिन्टर, लगायतका सामग्री खरीद तथा कार्यलय व्यावस्थापनका लागी सहयोग संकलन कार्य सञ्चालन भईरहेको छ ।

संघका सहसचिव चिसाङ्ग शेर्पाको पहलमा फेसबुक ग्रुप च्याटको माध्यमद्धारा सञ्चालित अभियानले अहिलेसम्म दुईथान ल्यापटप र २३ हजार ६ सय ३६ रुपैयाँ रकम जम्मा गरेको छ । दुवई,साउदी,कतार,मलेशिया,जापान लगायतका मुलुकमा आर्थिक संकलन चलिरहेको महासंघका अध्यक्ष दमन राईले बताए । अध्यक्ष राईका अनुसार दुई हप्तादिन अघिबाट सुरु भएको अभियानमा खोटाङ्गे तथा गैह्रखोटाङ्गेहरुको उल्लेख्य सहयोग जुटिरहेको बताए ।

विगत लामो समयदेखी भाडामा आफ्नो संस्थागत कार्य गरीरहेको महासंघले यो पटक भने आफ्नै निजी भवनबाट काम गर्ने गरी भवन निर्माण गरिरहेको छ । संस्थाका लागी सहयोग गर्नुहुने सहयोगीदाता सबैलाई सदरमुकाम दिक्तेलमा औपचारिक कार्यक्रम गरी सम्मान पत्रसहित सम्मान गरिने संघले जनाएको छ । संस्थागत विकासको लागी भन्दै महासंघले विभिन्न मुलुकमा रहेको संघसंस्थालाई सहयोग अपिलस्वरुप पत्र समेट काटेको छ ।
पत्रकार महासंघ शाखा कार्यलय दिक्तेललाई विभिन्न मुलुकमा रहनुभएका सहयोगीदाता र सहयोग विवरण ।।
१- प्यासी चाम्लिङ्ग राई भानुचोक दिक्तेल नेरु ५,५५५
२- राज बहादुर तामाङ्ग नुनथला आठ मलेसिया नेरु ३,०००
३- अनिता गुरुङ्ग सोलुखुम्बु मुग्ली हाल जापानी नेरु २,१००
४- हिमाल लामा नेपाल तामाङ्ग समाज जापान नेरु ५,०००
५- फुर्वा शेर्पा पिनासा सोलुखुम्बु हाल, जापान नेरु ३,०००
६- सर्यकुमार राई बाझेच्यानडाडाँ खोटाङ्ग हाल मलेसिया नेरु ५,००८
प्राप्त हुन बाँकी
७- खोटाङ्ग जाल्पा १ का प्रेम पाख्रिन ज्युले एक थान ल्यापटप
८- संजिव राई धरान हाल जापान,थान एक ल्यापटप
९- रामराज राई बाक्शिला साउदी रियल १०० नेरु २,८००
१०- शान्ता पहरी रामेछाप गेलु हाल जापान,जापानी येन २००० नेरु १,८६४
११- गोकुल लामा नुवाकोट हाल मलेसिया नेरु ११००
१२- पुर्णकुमार तामाङ्ग रसुवा हाल मलेसिया नेरु ११००

Leave a Reply

Your email address will not be published. Required fields are marked *