पपुवा न्यु गिनी र सोलोमनामा शक्तिशाली भूकम्प

माघ ९ बेइजिङ, अष्ट्रेलियाबाट उत्तरपूर्वमा पर्ने सोलोमोन द्विपमा स्थानीय समयानुसार आइतबार अपराह्नः १२:३० मा ७.९ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प सञ्जाल केन्द्र (सिइएनसी)ले जनाएको छ । सो भूकम्पको केन्द्रबिन्दु द्विप समूहको आसपास इलाकाको समुद्र मुन्तिर १६० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

त्यसैगरी अष्ट्रेलियाबाट सीधा उत्तरमा पर्ने पपुवा न्यु गिनीमा पनि आइतबार ८.० म्याग्निच्युडको भूकम्प गएको समाचार छ । यस भूकम्पपछि विशाल सुनामी आउन सक्ने चेतावनी दिइएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

पपुवा न्यु गिनीमा गएको भूकम्पको केन्द्रविन्दु भने आरावानजिकै दक्षिणी प्रशान्त महासागरिय इलाकाको समुद्रको १६७ किलोटिर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

दक्षिण–पश्चिमी प्रशान्त महासागरमा अवस्थित मेलानेसिया महाक्षेत्रभित्र रहेका यी दुबै देशमा गएको भूकम्पबाट मानवीय र भौतिक सम्पत्ति क्षति भए नभएको कुनै पुष्ट समाचार प्राप्त भइनसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *