पराजित पोमुकृत कविता संग्रह लेप्मुहाङ्गको डुङ्गा कविता संग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौ २३ चैत्र,कवि पराजित पोमुकृत कविता संग्रह लेप्मुहाङ्गको डुङ्गाको राजधानीमा एक कार्यक्रम गरेर परिचर्चा गरिएको छ । लेप्मुहाङ्ग शब्द एक मिथकमा आधारित शब्द हो ।shrwan mukarung

संगीतकार मण्डल साम्पाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि तथा प्राज्ञ श्रवण मुकारुङ्ग, उपन्यासकार तथा लेखिका प्रगती राई,रङ्गवाद कवि धर्मेन्द्र नेम्वाङ्ग, कवि स्वप्निल स्मृतले कवि र लेप्मुहाङ्गको डुङ्गा कविता संग्रह भित्रका कविताहरुको बारेमा टिका टिप्पणी तथा परिचर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै कवि तथा प्राज्ञ श्रवण मुकारुङ्गले यो लेप्मुहाङ्गको डुङ्गा कविता संग्रह भित्र पस्नलाई लिम्बु संस्कार र संस्कृतीको बारेमा अध्यायन गर्नु पर्ने बताए ।

त्यसैगरी उपन्यासकार तथा लेखिका प्रगती राईले लेप्मुहाङ्ग कविता संग्रह भित्रका कविताहरु रङ्गवाद हो कि ? यता वैरागी काईला तिरका हो कि ? यो ग्लोबलाईजेसन जस्तै भएकोले यो कविताका सर्जक कवि पराजितले कुनै एक धारलाई समातेर अगाडि बढ्नु पर्नेमा जोड दिईन् ।

यस्तै कवि स्वप्निल स्मृतले कवि पराजितलाई आफूले धेरै अगाडि देखि चिन्दै आएको र हाल कोरियामा कार्यरत भएकोले कोरियामा कार्यरत नेपालीहरुमाझ चिरपरित शसक्त कवि हुन् पराजित भने ।

ललितपुरको सातदोबाटोस्थित भेनस क्याफेमा सम्पन्न कार्यक्रममा कवि पराजितले लेप्मुहाङ्गका डुङ्गा,भूमिपुत्र,अर्को बाटो, राम्रो म,धनीराम,एक ढाकर युग गरेर आधा दर्जन कविता श्रवण गराएका थिए । कार्यक्रममा सयौ साहित्यकारहरुको उपस्थित रहेको थियो ।pragati rai swapnil smrit (2)

Leave a Reply

Your email address will not be published. Required fields are marked *