पहिलो मिसेस गुरुङको ताज सुमनालाई

बनु लोप्चन तामाङ / काठमाडौ १२ भदौ- गुरुङ समुदायको विबाहित नारीहरुको प्रतिभालाई आन्तरिक तथा वाह्य रुपमा प्रस्फुटन गराउने उदेश्यका साथ एस.के.इन्टरटेन्टमेन्टको आयोजनामा पहिलो मिसेस गुरुङ २०१७ हिजो काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको छ ।
देशका विभिन्न ठाउँबाट प्रतिनिधित्व जनाउँदै १५ जना सहभागिता रहेको उक्त शोमा १४ जना सहभागी प्रधिस्पर्धिहरुलाई पछि पार्दै पहिलो मिसेस गुरुङ २०१७ को ताज सुमना गुरुङले पहिरिन सफल भइन् । यसको साथै सुमनाले डिओका एउटा नयाँ स्कुटर र थुप्रै गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी थिइन् । शोको सुरुवात देखि नै सुमना दर्शनको नजरमा परिरहेकी थिइन् र हरेक चोटि निर्णायकको सवाल जवाफमा पनि उनी उत्कृष्ट जवाफ दिएकी थिईन् । ताज संगै सुमनाले बेस्ट पर्फोमन्स,बेस्ट पार्टिसिपेन्ट्स च्वाइस र पपुलर अवार्ड समेत हात पारिन्।

‘यदि तपाईं परिवर्तन चाहनुहुन्छ भने हाम्रो देशमा कस्तो परिवर्तन भएको हेर्न चाहनुहुन्छ?´ भन्ने अन्तिम निर्णायकको सवालमा सुमनाको जवाफ उत्कृष्ट रहेको थियो ।

त्यसै गरि फस्ट रनर अप र बेस्ट पर्सनालिटीको अवार्ड सुजिता गुरुङले हात पारिन् भने सेकेन्ड रनर अप,बेस्ट भ्युअर च्वाइस,बेस्ट इन्टेलिजेन्ट्सको अवार्ड हेमा गुरुङले हात पारिन् । थड रनर अपको ताज भने रीना गुरुङले हात पारिन् । फोर्थ रनर अप,बेस्ट चार्मिङ र व्युटिफुल स्किन अवार्ड सुनिता गुरुङ र फिफ्थ रनर अप र बेस्ट फ्रेनसिपको अवार्ड सरिता गुरुङले हात पारिन् । फस्ट रनर अप देखि फिफ्त रनर अप सम्म क्रमशः नगद रु.१५०००, २००००, २५०००, ३०००० र ५०००० का साथमा क्राउन,ट्रफि र अरु धेरै गिफ्टहरु प्राप्त गरेका छन्।

कार्यक्रममा नृत्य प्रस्तुत गर्दै

कार्यक्रममा बिना गुरुङले बेस्ट स्माइल अवार्ड, रीना गुरुङले वेस्ट ड्रेस , चिनी माया गुरुङले बेस्ट गार्जेन्ट अवार्ड, हिमला गुरुङले बेस्ट फेसबुक अवार्ड र बेस्ट व्युटिफुल अवार्ड, मोनिका गुरुङले बेस्ट एक्टिभ अवार्ड र कमला गुरुङले बेस्ट फोटोजेनिक र बेस्ट वक अवार्डका साथै अरु थुप्रै गिफ्ट ह्याम्परहरु हात पारेका छन् ।

मिसेस गुरुङ २०१७ मा राज मेकअप स्टुडियोको मेकअप रहेको थियो । गत वर्ष मिसेस तामाङको सफल आयोजना पछि आफुलाई यस पटक मिसेस गुरुङ आयोजना गर्न थप उर्जा मिलेको आयोजक शान्ता लामा गुरुङले बताएकी छन् । कार्यक्रमको बिचमै आयोजक द्वय शान्ता लामा गुरुङ र लोकेन्द्र श्रेष्ठले संयुक्त अपाङ्ग आवाज केन्द्रका तिलबहादुर कार्कीलाई रु.६५००० सहयोग हस्तान्तरण गरेका थिए । त्यसैगरी धादिङ जिल्ला खानियाबास गाउँ पालिकाका प्रगतिशील आमा समुहलाई पनि रु.२५००० सहयोग हस्तान्तरण गरेका छन् । एस.के.ईन्टरटेण्टमेन्ट संयुक्त आपाङ्ग आवाज केन्द्रको एम्बेस्डर पनि रहेको छ।
पहिलो मिसेस गुरुङ प्रतियोगीताको निर्णायकहरुमा बरिस्ठ नायक सरोज खनाल,महिला अधिकारकर्मी मन्जु गुरुङ,गायिका तथा समाजसेवी पूजा गुरुङ,काष्ठमण्डप तथा अरनिको टेलिभिजनका सँस्थापक सुमित प्रताप राणा,होटेल क्राउन प्लाजाका ब्यवस्थापक खेम शर्मा,साधना कला केन्द्रका सँस्थापक अध्यक्ष मिलन मोक्तानको निर्णायक मण्डल रहेको थियो।

कार्यक्रम, कलाकार ,समाजसेवी तथा व्यापारी शान्ता लामाको सभापतित्व र सम्माननिय सभामुख ओन्सारि घर्ति मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बिशेष अतिथिहरुमा कानुन न्याय तथा संसदीय मामिला राज्यमन्त्री माननीय दिलमान पाख्रीन,पुर्व पर्यटन तथा सँस्कृती राज्यमन्त्री माननिय पर्शुराम तामाङ,पुर्व राज्यमन्त्री माननीय राधिका तामाङ र राज्यमन्त्री माननीय यसोदा तामाङ रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सभामुख ओन्सारि घर्ति मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *