पाँच दलका शीर्ष नेताहरुलाई छलफलको लागि आयोगले बोलायो

काठमाडौं २ माघ – निर्वाचन आयोगले छलफलका लागि प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई लागि बोलाएको छ । राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ । मतदाता नामावली सात गते सार्वजनिक गरेर राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ ।

तर, प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत सार्वजनिक हुन सकेको छैन । पाँच गतेभित्र प्रदेश प्रमुख नियुक्त नभए राष्ट्रियसभा निर्वाचनको समग्र कार्यतालिका नै प्रभावित हुन सक्ने आयोगले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *