पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर सम्बन्धी प्रस्ताव फिर्ता लिएर एमालेलाई सहमतिमा ल्याउने तयारी

काठमाडौ २५ चैत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमसँगको भेटमा संविधान संशोधन विधेयकमा उल्लेखित पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसम्बन्धी प्रस्ताव फिर्ता लिन्छु सहमतिमा आउनुहोस भनेर आग्रह गरेका छन् ।

‘एमालेले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै आएको हो, त्यसलाई पनि विचार गर्दै अब अर्को विधेयक लैजान खोजिएको हो, जसमा ५ नम्बर प्रदेशको सीमांकन सम्बन्धी प्रस्ताव हुने छैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बालुवाटार स्रोतले जानकारी दिएको छ ।

“सहमतिको प्रस्ताव तयार पारेर मधेसी मोर्चासँग तुरुन्तै वार्ता गर्छु । मोर्चालाई चुनावमा जसरी पनि लैजाने वातावरण बनाऔं ” भनेर प्रधानमन्त्री दाहालले भने । दाहालको कुरा सुनिसकेपछि ओलीले नयाँ विधेयक लैजादा मोर्चा स्थानीय चुनावमा आउछ भन्ने ग्यारेन्टी सरकारले लिने हो भने एमालेले विचार गर्न सक्ने जवाफ दिएका थिए । उनले मोर्चा नेतृत्वको विश्वास नै नभएको टिप्पणी गर्दै संविधान संशोधनको ‘कन्टेन्ट’ एकपल्ट हेर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *