पाटन औद्योगिक क्षेत्रमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा

काठमाडौं, २९ कात्तिक – ललितपुरको लगनखेल नजिकै पर्ने पाटन औद्योगिक क्षेत्रमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण दुई वटा उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगोको भुङ्रो निभ्न भने अझै बाँकी छ । प्लाष्टिकमा लागेको आगो र त्यसमा भएको केमिकलका कारण आगो निभाउन समस्या भएको थियो । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको थियो । यस्तै सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल पनि प्रयोग भएको थियो ।

यस्तै आगो निभाउन नागरिक उड्डयन प्राधिकरणको पनि सहयोग लिइएको थियो । निजी ट्याङरबाट पनि पानी ओसार्ने र छ्याप्ने गरिएको थियो । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौको क्षति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *