पार्टि एकतापछि अध्यक्ष सहमतिमा, प्रधानमन्त्रीले सत्ता लम्ब्याउन खोजेको बाम गठबन्धनको आरोप

काठमाण्डौ, २ पुस – बामगठबन्धनको बहुमत आइसके पछि पनि सरकार गठन प्रकृयामा भइरहेको ढिलाइका कारण बामगठबन्धनका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरवहादुर देउवाले विभिन्न अड्चन थापेर नयाँ सरकार गठन प्रकृयामा अवरोध गरेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा बामगठबन्धनका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो । गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाबाट प्राप्त नयाँ जनादेशलाई ध्यान दिएर सरकार गठनका लागि मार्गप्रशस्त गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको भएपनि प्रधानमन्त्रीले त्यसलाई अपब्याख्या गरेर सरकार लम्ब्याउन खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीबाटै लोकतन्त्रको स्वस्थ अभ्यासमा अवरोध गर्ने गरी अभिव्यक्ति आउनु दुःखद कुरा हो । खासगरी राष्ट्रिय सभा गठनका विषयमा प्रधानमन्त्रीले पछिल्लो समय गरेको चलखेल उपयुक्त नभएको जिकीर गरे । उनले अध्यादेशका नाममा प्रधानमन्त्रीले बलजफ्ती गर्न खोजेको बताए । ‘खेल शुरु नहुँदै निमय बनाइन्छ । खेल शुरु भएपछि विचमा आएर नियम परिवर्तन गर्न पाइन्छ र ?’ ओलीले भने ।

बामगठबन्धनका नेताहरुले एमाले माओवादी पार्टी एकीकरण छिट्टै हुने दावी गरेका छन् । एकीकरण भएपछि पार्टी अध्यक्ष को हुने भन्नेमा विवाद नभएको पनि उनीहरुले बताएका छन् । मलाई अध्यक्ष चाहिए म अध्यक्ष छु । प्रचण्डजीलाई चाहिए उहाँ बन्न सक्नुहुन्छू । ओलीले बाम गठबन्धनको ध्यान अध्यक्ष तिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर भएको बताए ।

ओलीले निर्वाचन आयोगको भुमिका प्रति पनि शंका ब्यक्त गरेका छन् । निर्वाचन आयोगले मत गणना भएको सातदिनभित्र राष्ट्रपतिलाई पठाउनु पर्नेमा त्यसतर्फ आयोगले समेत वेवास्ता गरेको उनको आरोप छ । ‘आयोगले नतिजा राष्ट्रपतिलाई पठाएपछि बल्ल अरु प्रक्रिया अगाडि बढछ्, त्यसमा आयोगले पनि ढिलाई गरिरहेको छ । आफुले प्रधानमन्त्री हुँदा नयाँ प्रधानमन्त्री बन्ने ठाँउ नभएपनि बाधा अडकाउ फकाउने अध्यादेश बनाएर बाटो खुलाएको स्मरण गर्दै हालका प्रधानमन्त्रीले भने बाटो खुलाउनुको साटो अवरुद्ध गर्न खोजेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *