पार्टि एकता र सरकार गठन एकै साथ् हुने : प्रचण्ड

चितवन,२५ मंसिर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रचण्डले मतदातालाई धन्यवाद दिए । जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने पनि बताएका छन् ।

उनले सरकार गठन अघि नै पार्टी एकता गर्न पाए हुन्थ्यो भन्ने लागेको तर, समयले सम्भव नहुन सक्ने भन्दै सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढ्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले भने, पराजय भोग्नु पर्ने थाहा हुँदा हुँदै चुनाव गर्ने बाचा पूरा गरेको भन्दै उनले प्रधानमन्त्री देउवालाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *