पालामको राजकुमारी भित्र देश परदेश अनि मुन्धुम समिश्रण कविताहरु छन् : कवि दिलदुखी जन्तरे

लालीगुराँश नगरपालिका ३ मुसाङ्खेल तेह्रथुम नेपाल घर भइ मलेशियालाई कर्मथलो बनाइरहनु भएको एक सशक्त नाम हो कवि “दिल दुखी जन्तरे ” । मलेशियामा डेढ दशक भन्दा बढि समय बिताई सकेका जन्तरेको देश तथा विदेशका विभिन्न पत्र पत्रीकाहरुमा कैयौं कविताहरु प्रकाशन गरिसक्नुभएका कवि जन्तरेको पछिल्लो समय ” पालमको राजकुमारी ” कविता सङ्ग्रह बजारमा आएको छ ।
जन्तरे संग सङ्ग हाम्रो मलेशिया प्रतिनिधि किशोर पुमा राईले गरेको कुराकानी ।

लेख्न कहिले देखि शुरु गर्नुभयो?
लेखन सुरु गरेको धेरै नै भैसक्यो स्कुले जीवन देखि नै लेखन सुरु गरेको हो । अहिले छोराले नै स्कुल लाइफ सक्न लाग्यो ओहो ! धेनै नै भैसकेको रहेछ विगत फर्केर हेर्दा
साहित्य के हो ?
सबै विधाहरुको सिङ्गो रुप साहित्य हो । लेखकले कस्तो दिने हो त्यो फरक फरक हुन्छ ।
साहित्यिक विधाहरु कति किसिमका हुन्छन् ?
विधा त धेरै नै छन् । नयाँ पनि आइरहेको छ । तर कविता , आख्यान नै धेरै लेखिदै आएको छ ।


पछिल्लो समय साहित्यको मुख्यतः गजल विधा बारे विवाद चलिरहेको देखिन्छ यसबारे तपाइको धारणा के छ ?
अहिले सबैभन्दा धेरै लेखिने गजल नै हो र धेरै विवाद आउने पनि गजल नै हो । विवाद आउनुमा तै जान्ने मै जान्ने आ आफ्नो नियम आफ्नो अडान नै हो । तिललाई पहाड पहाडलाई तिल बनाउने प्रयास गजल गो बाट भैरहेको छ । गजलको संरचनाले होइन गजल गोहरुले गजललाई आदेश दिइरहेका छन् त यसरि चाहिँ गजल बन्छन् भनेर संरचना ट्वाँ !
कस्तो समयमा लेख्न रुचाउनुहुन्छ ?
मुड सोचेर आउने हैन अपरझट जुनसुकै समयमा पनि आउन सक्छ तेसलाई मनमा राखेर फुर्सदको समयमा उतार्ने हो । यहि समय भन्ने छैन ।
साहित्यको निस्चित क्षेत्र हुन्छ कि हुदैन?
विधाको आ-आफ्नै क्षेत्र हुन्छ ।
हाल सम्म कतिवटा पुस्तकहरु प्रकाशन गरिसक्नुभयो ?
यहि पालामको राजकुमारी कविता मात्र हो । संयुक्त थुप्रै छ्न । बिम्ब गजल संग्रह मियो स्तूप लघुकथा संग्रह समुन्द्र दन्केपछी गजल संग्रह आदि
पालमको राजकुमारी बारे थोरै बताईदिनुहोस न पालामको राजकुमारी कस्तो कविता संग्रह हो ? 
प्रवास देखि देशको परिवेश सँगसँगै मुन्धुम साहित्य संमिश्रण भएको कविताहरु छन् ।
संग्रहको नाममा वर्ण विन्यास मिलेन भन्ने आरोप लाग्यो त्यसमा के भन्नुहुन्छ ?
नजानेर नबुझेर राखेको हैन स्पष्ट भएर नै राखेको हो । जिब्रोको बिन्यास हो ।
लेखकलाइ लेख्न के ले प्रभाव पार्छ?
धेरै चिजले प्रभाव पार्छ जस्तो देशको बिग्रदो परिस्थितिले, समुन्द्रको छालले , हुरिबतासले, प्रेमले, विछोडले, अरुको दुख देखेर, विकृती विसंगतिले, आदि यिनै कुराले प्रभाव पार्छ ।
तपाइको बिचारमा साहित्यिक बिधाका बिबादहरुको समाधानको उपाय के हुनसक्ला?
हरेक कुरामा विवाद हुन्छ र रहिरहन्छ । सामन्य विवाद भैरहनु पनि पर्छ । विवाद देखि निस्किएको निचोड नै समाधान हो जस्तो लाग्छ मलाई ।
पछिल्लो समय अलिक विधा भन्न नसुहाउने आफ्नै शैलिमा स्रस्टाहरुको विभिन्न विधाको पुस्तकहरु प्रकाशन गरिरहेको पाइन्छ यस्ले साहित्यको क्षेत्रमा विकास गर्न मद्दत गर्छ कि गर्दैन?
कोहि केही नयाँ सोचको रुपमा गरौ भन्ने पनि छन् । कोहि लहैलहैमा लाग्नेहरु पनि छन् । केही गरौ भन्नू राम्रो कुरा हो ।मद्दत त अवश्य गर्छ । मुल्यांकन हुनु नहुनु अलग कुरा हो ।
नव सर्जकहरुलाइ के भन्न चाहानुहुन्छ?
हेहे म आफै नयाँ अरुलाई के भनु ? मेहेनत गर्नुपर्छ एकैचोटि शिखरमा पुगिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *