पुरानो निर्माता संघको साधारण सभा फेरी पाटन उच्च अदालतद्वारा रोक्का

पौष १३ काठमाडौ, निर्माता संघको भवन निर्माण कोष र उधारो सदस्यता वापतको लाखौ रुपैयाँ आर्थिक हिनहिना गरेर लामो समय सम्म संस्थालाई नवीकरण नगरी बसेको पुरानो निर्माता संघले, उक्त रकम फर्च्यूट नगरी साधारण सभा राख्न खोजेको थियो ।

यसअघिनै काठमाडौ जिल्ला प्रशासन कार्यालयले उक्त रकम फर्च्यूट नगरी कुनै पनि कार्यक्रम नगर्न सूचना जारीगरिसकेको छ । पुरानो निर्माता संघले काठमाडौ जिल्ला प्रशासन कार्यालयको आदेश पछि केहि रकम बुझाएर साधारण सभा गर्न खोजेको थियो । तर ,पुःन नेपाल चलचित्र निर्माता संघको साधारण सभा सहितको चुनाव उच्च अदालत पाटनद्धारा अन्तरिम आदेश जारी गरी रोक्का गरेको छ ।

भ्रष्ट्राचार गरेको ६ लाख रुपैया तिरे पछि बिभिन्न शक्तिकेन्द्रहरुको दवावमा १५ दिन भित्र जि.प्र.का. को साधारण सभा गर्न दिने निर्णय भएता पनि भ्रष्ट्राचार गरेको थप २६ लाख भन्दा बढी रुपैयाँ तिर्न बाँकी देखिएको र विधान अनुसार प्रक्रिया नपुगेकाले उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरी साधारण सभा तथा चुनाब पुःन रोक्का गर्ने अन्तरिम आदेश जारी गरेको छ ।

यसै बीचमा पुरानो निर्माता संघले संस्थालाई नवीकरण नगरी आर्थिक हिनामिना गरेपछि रुष्ट बनेका दर्जन निर्माताहरुले नयाँ निर्माता संघ दर्ता गरेर अगाडी बढ़ी सकेको छ । नयाँ निर्माता संघका अध्यक्ष नवल खड्काले भ्रष्ट्राचार बिरुद्ध सबै निर्माताहरु एकढिक्का हुन बिनम्र अनुरोध गरेका छन् ।

पाटन उच्च अदालतद्वारा गरिएको अन्तरिम आदेश 

nawal khadka

Leave a Reply

Your email address will not be published. Required fields are marked *