पूर्व सांसद नै जग्गा दलालीको फन्दामा, दलालीले १० लाख झ्वाम

काठमाडौं १८ बैशाख , किर्तिपुरको चाल्नाखेलमा रहेको ५ आना १ पैसा ३ दामको जग्गा देखाएर १० लाख रुपैयाँ आफूलाई जग्गा दलालीले ठगेको पीडित मिना शाहीले बताएकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित पूर्वसांसद शाहीले आफूलाई जग्गा दलाली जिवासी राई र रिया श्रेष्ठले उर्मिला श्रेष्ठलाई जग्गा धनिको रुपमा देखाएर १० लाख रुपैया ठगेको आरोप लगाएकी छिन् ।

पीडित शाहीले दोषीलाई प्रहरीले प्रक्राउ गरेर छाडिदिएको भन्दै आफु झनै अन्यायमा परेको गुनासो पोख्दै भनिन्,‘हाम्रो देशमा गरिबको लागि कानुन छैन्, पार्टीको आडमा दलाली बढेको छ, पक्राउ पर्दै दलाल छुट्दै गरेका छन्, दोषिलाई कार्वाही हुनुपर्छ, कानुनी रुपमा मैले कदम चालेकी छु, माननिय न्यायाधीशले न्यायिक काम गर्नुपर्यो, मैले पैसा पाउनुपछ, प्रहरी प्रशासनले दोषिलाई पक्राउ गर्दै छोड्दै गर्नु भएन ।’

दलाली रिया श्रेष्ठले आफूलाई दिदि बनाएर प्रलोभनमा पारी ठगी गरेको शाहीले आरोप लगाईन् । नेकपा एमालेको तर्फबाट (२०६४) समानुपातिक तर्फकी पूर्व सांसद समेत रहेकी पीडित शाहीले राजनीतिक दलका मूख्य नेताहरूनै दलालको पक्षमा उभिएर कानुनको बर्खिलाप गरेको आरोप लगाएकी छिन् ।

न्यायको पक्षमा वकालत गर्ने मान्छे भन्दै उनले देश र जनताका पक्षमा काम गर्नको लागि आग्रह समेत गरेकि छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *