पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं १८ , असार –  नेपाल आयल निगमले सिलिन्डर ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आज आइतबार  राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल , मट्टितेल  र खाना पकाउने एलपीको  ग्यासमूल्य घटाएको हो । निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ । यसअघि १०० रुपैयाँमा पाइन्थ्यो  । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि ७६ रुपैयाँमा पाइन्थ्यो ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । हवाई इन्धनको मूल्य  प्रतिलिटर ८४ रुपैयाँ भएको छ ।  यसअघि ८६ रुपैयाँ प्रतिलिटर रहेको थियो ।

अब मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा लिटरको ७ रुपैयाँ ३० पैसा नाफा छ । त्यसैगरी डिजेलमा निगमलाई प्रतिलिटर १ रुपैयाँ ५० पैसा, मटितेलमा १८ रुपैयाँ र हवाइ इन्धनमा १० रुपैयाँ नाफा छ । त्यसैगरी ग्यासमा निगमलाई प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *