पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला काठमाडौंमा सम्पन्न

माघ २२ काठमाडौ,सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१-२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गरेका थिए । महासंघका उपाध्यक्ष एवं प्रदेश ३ का प्रमुख कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त भेलामा प्रमुख अतिथिका अतिरिक्त अतिथिहरु नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य एवं महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल नेकपा एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य एवं महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले शुभकामना मन्तव्य दिएका छन् । कार्यक्रममा महासंघका पदाधिकारी सदस्यहरु, महासंघ अन्तर्गतका विभिन्न आयोगका प्रमुखहरु, आवद्ध पच्चिसवटै घटकका प्रतिनिधिहरु र ३ नं प्रदेशका तेह्रवटै जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन पश्चात महासंघको ३ नं. संगठन कमिटीको पहिलो वैठक प्रदेश प्रमुख कृष्णमान श्रेष्ठको अध्यक्षतामा महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल समेतको उपस्थितिमा वसेको थियो । उक्त वैठकमा तेह्रवटै जिल्लाका ईञ्चार्ज तथा अध्यक्षहरुले जिल्लामा भएका पेशागत गतिविधिहरुको रिपोर्टिङ्ग गरेका थिए । वैठकले प्रदेश अधिवेसन लगायत विभिन्न विषयमा निर्णयहरु गरेको छ । जो निम्न अनुसार रहेको छ ।

१ प्रदेश नं. ३ को प्रथम अधिवेसन आगामी २०७३ जेष्ठ महिना भित्र सम्पन्न गर्ने ।

२ जिल्ला अधिवेसन गर्ने अवधि पुगेका अथवा पदाधिकारी रिक्त रहेका जिल्लाहरुको अधिवेसन र तत्काल अधिवेसन गर्न नपर्ने जिल्लाहरुमा जिल्ला परिषद प्रशिक्षणमुलक ढंगले २०७३ चैत्र मसान्त सम्म सम्पन्न गरिसक्ने । सोको तयारीको लागि दुई हप्ता भित्र सवै जिल्ला कार्य समितिहरुको वैठक अनिवार्य रुपमा राख्न निर्देशन दिने । प्रदेश अधिवेसनको लागि विधानले तोके वमोजिम प्रतिनिधिको छनौट जिल्ला अधिवेसन वा जिल्ला परिषदवाट हुनेछ ।

३ प्रदेश कमिटीको कार्यालय हाललाई महासंघ केन्द्रीय कार्यालय लैनचौरमा खडा गर्ने । सवै जिल्लामा महासंघको झण्डा सहितको साइनवोर्ड राखी कार्यालय स्थापना गर्ने ।

४ महिला सक्रियता वृद्धि गर्नका लागि निम्न वमोजिम गर्ने
(क) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आगामी फल्गुण २५ र २६ गते पेशागत महासंघ नेपालको दोश्रो राष्ट्रिय महिला सम्मेलनमा प्रत्येक जिल्लावाट १-१ जना महिला प्रतिनिधि सहभागी गराउने ।
(ख) सवै जिल्लामा महिला विभाग गठन गर्ने ।

५ सवै तहमा महासंघको आर्थिक कोषलाई सुदृढ वनाउन महासंघवाट संचालित कोनेप उपहार अभियानलाई सवै जिल्लामा प्रभावकारी रुपमा संचालन गर्ने ।

६ सवै जिल्लामा नयां घटक निर्माण गरी महासंघमा आवद्ध गराउने ।

७ यस ३ नं. प्रदेश कमिटीको सचिव पदमा सिन्धुलीका जिल्ला अध्यक्ष टोम प्रसाद काफ्ले लाई मनोनित गर्ने ।

साथ साथै भेलाका सहभागीहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । समाजवादी अर्थतन्त्र, आर्थिक समृद्धि र ट्रेड युनियनको भूमिका विषयमा डा. विजय पौडेलले, पार्टी र जनसंगठन विचको अन्तर्सम्बन्ध विषयमा विश्वनाथ प्याकुरेलले, विश्व ट्रेडयुनियन आन्दोलन र विश्व ट्रेड युनियन महासंघ (WFTU) को १७ औं कंग्रेशका सम्बन्धमा प्रेमलकुमार खनालले र महासंघको छैठौं राष्ट्रिय महाधिवेसन र आगामी कार्य दिशाका सम्बन्धमा महासंघका महासचिव विष्णु लामिछानेले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *