पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक ८ बुदे प्रेस विज्ञप्ति सहित काठमाडौंमा सम्पन्न

pesagat rashtriya mahasanghपौष २७ काठमाडौ,मुलुकको सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क.विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकमा ने क पा एमाले का महासचिव क.ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । वैठकको प्रारम्भमा पार्टी महासचिव क.ईश्वर पोखरेलवाट महासंघको मुखपत्र “सहयात्रा २०७३” विमोचन गरिएको थियो । वैठकलाई पार्टी महासचिव क ईश्वर पोखरेल र पार्टी सचिव एवं मोर्चा संगठन प्रमुख क गोकर्णराज विष्टले सम्बोधन गर्नुभएको थियो । वैठकले महासंघको संगठन सुदृढीकरण कार्ययोजना लगायत विभिन्न विषयमा निर्णय गरेको छ । महासंघको महासचिब विष्णु लामिछानेको हस्ताक्षर रहेको ८ बुदे प्रेस विज्ञप्ति यसप्रकार छ ।

१ महासचिव क विष्णु लामिछानेले प्रस्तुत गर्नुभएको सांगठनिक प्रस्ताव तथा कोषाध्यक्ष क श्यामप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक प्रस्ताव सुझाव सहित पारित गरिएको छ ।

३ महासंघको आर्थिक गतिविधिलाई व्यवस्थित गर्ने सम्बन्धमा महासंघको लेखा आयोगको तर्फवाट आयोगका प्रमुख क टंक पाण्डेले प्रश्तुत गर्नुभएको सुझाव कार्यान्वयनगर्ने निर्णय गरिएको छ ।

३ सांगठनिक सुदृढिकरण अभियान अन्तर्गत वैठकले निम्न वमोजिम कार्ययोजना वनाएको छ ।
प्रशिक्षणमुलक प्रदेश भेलाहरु निम्न वमोजिम संचालन गर्ने
प्रदेश            मिति                      स्थान                    प्रदेश         मिति                        स्थान
प्रदेश नं १      २०७३ माघ २८ र २९       इटहरी                   प्रदेश नं ५    २०७३ फल्गुण १५ र १६     रुपन्देही
प्रदेश नं २      २०७३ फाल्गुण ६ र ७     जनकपुर                 प्रदेश नं ६    २०७३ फाल्गुण १० र ११    सुर्खेत
प्रदेश नं ३      २०७३ माघ २१ र २२       काठमाडौं                प्रदेश नं ७   २०७३ फाल्गुण १२ र १३     कञ्चनपुर
प्रदेश नं ४      २०७३ फाल्गुण २० र २१   पोखरा

५ वैठकले सहइञ्चार्जको जिम्मेवारी तोक्न वांकि रहेका प्रदेश नं ४ मा देविप्रसाद वस्याल, प्रदेश नं ५ मा हरिश्चन्द्र वि क, प्रदेश नं ६ मा यज्ञवहादुर रेग्मी ÷ मणिराज वराल, प्रदेश नं ७ मा जहरसिंह थापालाई र पिछडिएको क्षेत्रको सहईञ्चार्जको जिम्मेवारी राष्ट्रिय समितिका सदस्य क देविकृष्ण चौलागाईलाई तोकेको छ । साथै वैठकले पचहत्तरै जिल्लामा जिल्ला इञ्चार्जहरुको जिम्मेवारी समेत तोकेको छ ।

६ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महासंघको केन्द्र तथा सवै जिल्लामा भव्य रुपमा मनाउने र आगामी ८ मार्चको सन्दर्भमा २०७३ फाल्गुण २५ र २६ गते प्रथम राष्ट्रिय महिला सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको छ ।

७ महासंघको जिल्ला अध्यक्ष भै महासंघ तथा आवद्ध संगठनको माथिल्लो कमिटीमा निर्वाचित भएकाको हकमा यथाशीघ्र पदपूर्ति गर्न निर्देशन दिने निर्णय भएको छ ।

८ वैठकले निम्न वमोजिम विशेष प्रस्तावहरु पारित गरेको छ ।
(क) नेपालको राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता, अखण्डता र सामाजिक सद्भावमा आंच पुग्ने गरी नेपालको संविधान संसोधन गर्नका लागि नेपाल सरकारद्वारा व्यवस्थापिका संसदमा प्रश्तुत संविधान संसोधन प्रस्तावको जोडदार विरोध गर्दै उक्त प्रस्ताव अविलम्व फिर्ता लिई संविधानमा उल्लेख भए वमोजिम संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको शीघ्र घोषणा गर्न माग गर्दछ ।
(ख) राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता भौगोलिक अखण्डता, जातीय ,धार्मिक, सांस्कृतिक तथा साम्प्रदायिक सद्भावका लागि प्रदेशहरुको सिमांकन पहिचान र सामथ्र्यको आधारमा तराई र पहाड मिलाएर गरिनुपर्ने अपरिहार्यतालाई ध्यानमा राखी संविधान संसोधनको प्रक्रियालाई अगाडि वढाउन वैठकले जोडदार माग गरेको छ ।
(ग) व्यवस्थापिका संसदवाट पारित भएका र विधेयकको रुपमा प्रश्तुत भएका शिक्षा ऐन, सहकारी ऐन, औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन लगायत ऐनहरुवाट श्रमिक पेशाकर्मीहरुको ट्रेडयुनियन अधिकारलाई कुण्ठीत गर्नेगरी एकपछि अर्को गर्दै अधिकारको कटौति गर्ने सरकारी नीतिको वैठकले जोडदार विरोध गरेको छ ।
(घ) राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जातीय ,धार्मिक, सांस्कृतिक तथा साम्प्रदायिक सद्भावका पक्षमा आन्दोलनमा खटिनु भएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष क दुर्गा तिवारी र राष्ट्र सेवामा समर्पित रहंदै ताप्लेजुङमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या प्रति घोर भर्सना गर्दै उक्त दुवै घटनाका अपराधीलाई सख्त कारवाही गर्न यो वैठक जोडदार माग गर्दछ । साथै दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हादिृक समवेदना व्यक्त गर्दछ, भन्दै प्रेस  विज्ञप्ति निकालेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *