पैसा फल्ने रुख

money-treeभदौ २२, काठमाडौं । वास्तवमा पैसा कमाउन सजिलो छैन । भनिन्छ पैसा रुखमा फल्दैन । तर यो दुनियामा यस्तो रुख पनि छ, जसमा पैसा फल्दछ । जहाँ एउटा देशको मात्र कहाँ हो र अन्य देशको पनि पैसा फल्दछ । तपाइँले यसरी रुखमा पैसा फलेको तलका तस्वीरमा प्रष्ट देख्न सक्नुहुन्छ ।

यसरी पैसा फल्ने रुखको विरुवा त आफ्नो घरमै ल्याएर रोप्न पाए हुन्थ्यो भन्ने चाहना जाग्यो होला हैन ? तर के गर्नु, यो रुख अप्राप्य छ र यो जस्तो अर्को कुनै रुख यो दुनियामा छैन । यो रुख आफ्नो प्रजातिको अन्तिम रुख हो पृथ्वीमा ।

बेलायतको स्कटिस हाइल्याण्डस्थित पिक डिस्टि्रक्ट जंगलमा यो अनौठो रुख छ । पैसाले लादिएको यो रुख १७ सय वर्ष पूरानो हो । यो रुखको काण्डमा कुनैपनि त्यस्तो ठाउँ छैन जहाँ बेलायती मुद्राका सिक्का नटाँसिएका होउन् । देख्दैमा अद्भुत छ यो रुख ।

वास्तवमा यो रुखमा पैसा फलेका भने होइनन् । मानिसहरुले टाँसेका हुन् यसमा पैसा । रुखमा पैसा टाँस्नका लागि टाढा टाढाबाट मानिसहरु आउँछन् । धेरै विदेशी पर्यटक पनि आउँछन् यहाँ ।

त्यसैले रुखमा बेलायती तथा अन्य विदेशी सिक्का पनि टाँसिएका छन् । यहाँ कुनैपनि जोडी गएर रुखमा सिक्का टाँस्नाले मानव जोडीको सम्बन्ध अटूट हुने मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *