पोखरा अन्तराष्ट्रिय विमानस्थल दशैसम्म निमार्ण कार्य अगाढि नबढाए चिनिया कम्पनि संगको सम्झौता रद्ध गछौँ

काठमाडौं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जितेन्द्रनारायण देवले अब हुने चुनावमा माओवादी केन्द्रसँग तालमेलगर्ने निष्कर्षमा नेपाल लोकतान्त्रिक फोरम पुगेको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेपाल लोकतान्त्रिक फोरमका प्रभावशाली नेता समेत रहेका देवले भने,‘प्रदेश नम्बर दुई र संघीय चुनावमा पनि हामीले तामलेका लागि पहिलो प्राथमिकता मधेश केन्द्रित दललाई दिनेछौं भएन भने माओवादी केन्द्रसँग तालमेल गरी अत्याधिक स्थानमा जित हासिल गर्नेछौं ।’

आफूहरुले सुनिश्चित रुपमा जित्न सक्ने स्थानमा कसैसँग तालमेल नगर्ने र अन्य स्थानमा चाहिं माओवादी केन्द्रसँग तालमेल हुने बताए । यसबारे माओवादी अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको बताए ।

राष्ट्रिय जनता पार्टीको मागलाई सम्बोधन गरेर जान सरकार तयार भएको बताए । संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्न आफूहरु तयार भएको बताए । राजपाले प्रस्तावबारे संसदबाट जे सुकै निर्णय आएपनि स्वीकारेर चुनावमा जाने प्रतिवद्धता जनायो भने सरकार संसदमा प्रस्ताव पेश गर्ने टुंगोमा पुगिसकेको बताए । घाइतेको निःशुल्क उपचार, सहिद घोषणा र मधेश आन्दोलनमा सहभागीलाई लगाइएको मुद्या फिर्ता गर्ने निर्णयमा सरकार पुगिसेको उनको भनाई थियो । आगामी क्याबिनेटमा यसबारे निर्णय हुने उनले बताए ।

मन्त्री देवले आफूले पर्यटन र उड्डयन क्षेत्रमा ऐतिहासिक र दुरगामी महत्वको निर्णय गर्न लागेको बताए । उनले भने,‘प्रधानमन्त्री, मन्त्री देखि सरकारी कर्मचारीले समेत अनिवार्य रुपमा नेपाल एयर लाईन्स चढ्नु पर्ने नीति ल्याउँदैछु । यसबारे क्याबिनेटबाट निर्णय लिएर थला परेको नेपाल वायुसेवा निगमले नयाँ उचाई लिन्छ ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न भएको साक्षात्कारमा बोल्दै मन्त्री देवले भने,‘हाम्रो आफ्नै साधन छ तर अरु कम्पनि र बाहिय देशको एयर लाईनसको प्रयोगगर्ने गरेका छौँ, यो आफ्नो देश र सरकारलाई घाटा हुने कुरा हो, त्यसैले आजको संसदको वैठक देखि नै यस कुरालाई व्यबहारमा उतार्नको लागि मेरो प्रयास रहनेछ।’

२२ वटा राष्ट्रिय गौरवका आयोजना मध्य पर्यटन मन्त्रालय अन्र्तगत ५ वटा आयोजनापर्ने बताउदै उनले पोखरा विमानस्थल आगामी ४ वर्ष भित्र पुरा हुने गरी निर्देशन दिइसकेको बताए । उनले भने,‘पोखरा अन्तराष्ट्रिय विमान स्थल निमार्णको जिम्मा लिएको चाईनिज कम्पनिलाई आगामी दशैसम्म परिणाम देखिने खालको काम नगरेको खण्डमा हामी सम्झौता रद्ध गछाँै, मैले चाईनिज राजदुतलाई हिजो बोलाएर जानकारी गराई सकेको छु, राजदुतले पनि यस बारेमा बुझिरहेको बताएका छन्।’

उनले भने,‘जहाँपनि राजनीतिक झण्डा बोकेर हिड्ने चलनको अन्त्य हुनुपर्छ, म स्वच्छ छविको मान्छे हो, मलाई कसैको दवाफ र कसैको डरमा कामगर्न आउदैन,यस्तो स्थितिमा कसैले करकाप गरेर काम गर्न, गराउन खोज्छ भने बरु म मन्त्रीपद छोडिदिन्छु ।’

उनले अघि थपे,‘ईच्छाशक्ति हुने हो भने सम्पूर्ण काम सफल हुन्छन्, मुलुकको समग्रका विकासको लागि राजनीति कर्मी र सरकारी कर्मचारी जिम्मेवार छन्, नेतृत्वमा काम गर्न सक्ने दृढता कर्मचारीमा जनता प्रति ईमान्दार हुने हो भने देशको विकास गर्नको लागि धेरै मान्छेको आवश्यकता रहँदैन।’

उनले भने,‘जस्तो माहाथिर मोहम्मदले मलेसिया बनाए, लि क्वानले सिंगापुर बनाएको कुरा हामीले किन नसम्झिने?, हामी किन देश र जनता प्रति उत्तरदायि नबन्ने ? हामीमा ईमान्दारिता भयो भने सबै काम छोटो समयमै सम्पन्न हुन्छन् ।’

विगत २२ वर्ष देखि अलपत्र परेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रयासलाई आफ्नो कार्यकालमा टुंगो लगाउने बताए । उनले भने,‘मेरो कार्यकालमा निजगढ विमानस्थल बन्ने सुनिश्चित हुन्छ, अहिलेसम्म एक इन्च काम भएको छैन्, कुरा मात्र गरेका छन्, अब निमार्ण स्थलमै वैठक राखेर तुरुन्त निमार्णको काम अघि बढाईन्छ। एक चरणको वैठक सम्पन्न भैसेको छ, तिन वटै अन्तराष्ट्रिय विमान स्थल समयमै निमार्ण कार्य सम्पन्न हुन्छ, काम नगर्नेलाई कार्वाही गर्छु।’

विमान स्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन आफूले छ वटा निर्णय गरिसकेको बताए । निजगढबारे धेरै कुरा भएपनि कुनै काम नभएको उनको भनाई थियो । आफ्नो कार्यकालमा निजगढले टुंगो पाउने गरी कामले गति लिइसकेको बताए । निजगढ, पोखरा, लुम्बिनीसहितका तीनवटा विमानस्थल छिटोभन्दा छिटो निर्माण हुनेगरी आफूले काम बढाएको बताए ।
भुकम्पले क्षेतिग्रस्त बनेका साँस्कृतिक सम्पदाहरुको पुनःनिमार्ण कार्यलाई तत्काल अघि बढाउने बताए।

उनले भने,‘समयमानै पुनःनिमार्ण र मर्मत नभएमा विश्व सम्पदा सुचिमा समावेस पर्यटकिय स्थलहरु हट्ने सम्भावना रहेका छन्, त्यसैले समयमै पुनःनिमार्णका काम थालनि हुनुपर्छ।’

यहि १८ जुनमा चिनिया उप–प्रधानमन्त्री नेपाल आउने जानकारी दिदै मन्त्री देवले भने,‘उपप्रधानमन्त्री नेपाल आउँदा बशन्तपुर स्थित नौ तल दरबारको शिलन्यास गर्ने कार्यक्रम छ।’

उनले अघि थपे,‘पूनःनिमार्ण प्राधिकरणलाई के के समाग्री चाहिन्छ सरकार उपलब्ध गराउन तयार छ, विश्व सम्पदा सुचिमा रहेका र सम्पूर्ण सास्कृतिक पर्यकटकिय स्थलको निमार्णको काम थाल्नुपर्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *