पोखरीया नगरपालिकाका मेयरका उम्मेद्धवारहरुवीच घम्साघम्सी, जनताहरुको प्रश्न : खोई अहिलेसम्म विकास गर्न सकेको ?

पर्सा ३० भदौ – पर्साको चर्चित पोखरिया नगरपालिकाका मेयरका उम्मेद्धवारहरु वीच निकै ठूलो घम्साघुम्सी परेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपल पर्सा शाखाले आयोजना गरेको चुनावी साक्षात्कारमा सहभागी भएका विभिन्न पार्टीका मेयरका उम्मेद्धवाहरु वीच सार्वजनिक रुपमै आरोप प्रत्यारोप भएको थियो ।

क्लबका शाखा अध्यक्ष कनैयालाल गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त साक्षात्कारमा बोल्दै कांग्रेसका मेयर उम्मेद्धवार रामेश्वर रौनियारले आफू विजयी भए उक्तनगरलाई समृद्ध बनाउने विश्वास दिलाए ।

त्यस्तै उनले स्मार्ट सिटीको रुपमासमेत उक्त नगरलाई अघि बढाउने आफ्नो योजना सुनाए । रौनियारले थपे,‘पोखरीयालाई स्मार्ट सिटीको रुपमा विकसित गर्नुपर्छ, भौतिक पूर्वाधारको विकासदेखि लिएर विभिन्न कल कारखानाहरुको समेत विकास गर्नु आजको आवश्यकत्ता हो, म त्यहीअनुसार कामगर्नेछु’

त्यस्तै उनले वृद्धा भत्ता पाएका सबै नागरिकहरु आफूहरुका आमा-बुवा भएको बताउँदै भने,‘हिजोको दिनमा कांग्रेसले सानो बजेटबाट वृद्धा भत्ता सुरु गरेको हो । बृद्धहरुको लागि हामी नगरपालिकाको थप बजेट दिन्छौं, बाटोघाटो, विजुलीबत्ती, कृषिमा सिचाईको व्यवस्था, विउ-विजनको व्यवस्था, जनता मेरो उम्मेद्धवारीबाट उत्साहित छन् । पार्टीले मलाई पूर्ण रुपमा विश्वास लिएको छ।’

एमालेका मेयरका उम्मेद्धवार वृजेश चौहानले आफ्नो पार्टीले संशोधन प्रस्तावको पक्षमा भोट नगरेर ठिक गरेको स्पष्ट पारे । उनले भने,‘अब संविधान संशोधनको लफडामा कोही पनि पर्नुहुन्न, मुलुकलाई अब विकास चाहिएको छ, एमालेको एकमात्रै चाहना भनेको विकास र समृद्धि हो।’

उनले पोखरीया नगरपालिकामा अहिले सम्म कुनै विकासका कार्यक्रमहरु नआएका र नभएको बताउँदै थपे,‘अहिले सम्म नभएका विकासका कामहरु म अब गर्छु, गरिब जनताहरुलाई व्यवस्था गर्छु।’

त्यस्तै संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेद्धवार प्रधुम्न चौहानले पनि अहिले आफूहरुलाई अधिकार र पहिचान चाहिएको बताए । चौहानले थपे, विकास,विकास, विकास, यहाँ कहाँबाट आउँछ, विकासको कुरा गरेर अहिले केही हुनेवाला छैन, मधेशको हकहित र अधिकार हुनुपर्छ। हामीलाई अधिकार चाहिन्छ ।’ उनले उम्मेवद्धवारीको प्रमुखकारण भनेको नै यहाँको विकास र समृद्धिको लागि रहेको स्पष्ट पारे ।

त्यस्तै राजपाबाट मेयरका उम्मेद्धवार रहेका निजामुद्धिन समानीले आफूहरुको प्रतिष्पर्धा भनेको नै पहिलो पहिचानको लागि लडाई भएको स्पष्ट पारे ।
यद्धपी उनले आफ्नो पार्टीले पहिलो कडीको चुनाव भएकोले यसलाई आन्दोलनको रुपमै सही सुदपयोग गरेको जिकिर गरे । उनले भने,‘हामीले चुनावलाई सही सदुपयोग गरिरहेका छौं, हामीले जिते यहाँको सही विकास गर्ने म व्यक्तिगत रुपमा प्रण गर्दछु।’

साक्षात्कारमा सयौंको संख्यामा उपस्थित् रहेका युवाहरुले मेयरका उम्मेद्धवारहरुलाई प्रश्न गरेका थिए । उनीहरुले राखेको प्रश्नमा युवाहरुलाई कसरी उकास्ने र यहाँको खेलकुद क्षेत्रको विकासको लागि तपाईहरुको योजना के छ भनेर सोधेका थिए । केही युवाहरुले विकासको कुरा सुरुदेखि गरिए पनि एमाले, कांग्रेस, माअ‍ोवादी कुनै पनि पार्टीले अहिलेसम्म केही नगरेको आरोप लगाएका थिए । एक युवा भन्दै थिए,‘तर अहिले सम्म विकासको नाममा केही भएको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *