प्रकाशचन्द्र लोहनीले नयाँ पार्टि ‘एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)’ को घोषणा गरे

काठमाडौ १६ चैत्र, कमल थापा नेतृत्वको राप्रपासँग विद्रोह गरेका नेता प्रकाशचन्द्र लोहनीले नयाँ पार्टि ‘एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)’ को घोषणा गरेका छन् । प्रकाशचन्द्र लोहनीको नयाँ पार्टीमा वरिष्ठ राजनीतिज्ञ केशरबहादुर विष्टदेखि पञ्चायतकालीन पृष्ठभूमिका नेताहरुको सहभागिता रहेको छ ।

पार्टीको विधानमा १७५ जना केन्द्रीय सदस्य बनाउने रहने व्यवस्था गरिएको र बाँकी केन्द्रीय सदस्य पछि थप्दै जाने बताईएको छ । केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तर समेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो ।

नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेको छ भने पार्टीको चुनाव चिन्ह हलो राखिने समझदारी भएको छ ।लोहनीले गत फागुन २९ गते कमल थापाले पार्टीमा मनपरि गरेको, हलो चुनाव चिन्ह त्यागेकोलगायतका १० बुँदे आरोप लगाई परित्याग गरेको घोषणा गर्दै नयाँ पार्टी गठनको तयारी थालेका थिए ।

पहिलो चरणमा ७१ सदस्यीय केन्द्रीय समितिको नाम

lohaniko lohani parti lohanis

Leave a Reply

Your email address will not be published. Required fields are marked *