प्रचण्ड बास बसेको घर नजिकै बम बिस्फोट

धनगढी ९ असार- माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घर नजिकैको घरमा बिस्फोट भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका माओवादी मेयर उम्मेदवार गोकर्ण भट्टको घरमा शुक्रबार बिहान बम विस्फोट भएको हो ।

चुनावी कार्यक्रममा सहभागी हुन कैलाली पुगेका अध्यक्ष प्रचण्ड भट्टको घरभन्दा नजिकको अर्को घरमा बसेका थिए । प्रहरीका अनुसार बम विस्फोट शुक्रबार बिहान २ः४५ बजे भएको हो । माओवादी केन्द्रका नेता लेखराज भट्टको घरमा अध्यक्ष प्रचण्ड बिहीबार बेलुका बास बसेका थिए ।

नेता लेखराजका भाइ समेत रहेका मेयर उम्मेदवार गोकर्णको चुनावी कार्यक्रमलाई प्रभावित पार्न बम बिस्फोट गराइएको हुन सक्ने सुरक्षा स्रोतले बताएको छ ।

बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको कैलाली प्रहरीले बताएको छ । स्थानीयका अनुसार विस्फोटको अावाज ठूलो भएको र भट्टको घरमा भागदौड मच्चिएको थियो । बम कसले विस्फोट गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर अनलाईन डबलीले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *