प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ खस आर्य समुदायले ३१ प्रतिशत आरक्षण पाउने

काठमाडौ २० भदौ- मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ खस आर्य समुदायले ३१ प्रतिशत आरक्षण पाउने भएका छन्। संवैधानिक व्यवस्था अनुसार पहिलो पटक खस आर्य समुदाय तथा थारु र मुस्लिमको छुट्टै समूह बनाइएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक सोमबार संसदबाट पारित भइसकेको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ। संसद् सचिवालयले सोमबार नै आनुसांगिक सुधार गरी विधेयक कानुन मन्त्रालयमा बुझाइसकेको छ।

पारित विधेयक अनुसार राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा समानुपातिक सिट बाँडफाँड हुनेछ। सदर मतको तीन प्रतिशतभन्दा कम मत ल्याउने राजनीतिक दलले समानुपातिक सिट पाउने छैनन्।

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीमा बुझाउने सूचीमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको समूह छुट्याइएको छ। मधेसीबाट मुस्लिम र थारुलाई पहिलो पटक छुट्टै समूहमा राखिएको हो।

पारित विधेयक अनुसार समानुपातिक प्रणालीमा दलितले १३.८ प्रतिशत आरक्षण पाउनेछन्। यस्तै, आदिवासी जनजातिले २९.७, खस आर्यले ३१.२ प्रतिशत आरक्षण पाउनेछन्। यस्तै, मधेसी १५.३, थारु ६.६ र मुस्लिमले ४.४ प्रतिशत आरक्षण पाउनेछन्। यसअघि थारु र मुस्लिम मधेसी ‘क्लष्टर’मा थिए।

समानुपातिक प्रतिनिधित्व राजनीतिक दलले प्राप्त गरेको मतलाई शत–प्रतिशत मानेर गरिने बिज माण्डुले लेखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *