प्रतिभा परिवारको पहिलो बिस्तारित बैठकबाट नयाँ कार्य समिति चयन

काठमाडौ ९ भदौ-सामाजिक संजाल फेसबुक बाट स्थापना भएको ग्रुप “प्रतिभा परिवारको” को पहिलो गीति एल्बम “प्रतिभा भाग १” को विमोचन पश्चात पहिलो बैठक बसेको छ ।”एक थुकी सुकी सय थुकी नदि” भन्ने उखान चरिथार्थ गर्न गठित यो ग्रुपले आफू भित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्नको लागि निरन्तर लागि परेको छ ।

प्राणि मध्यको सर्वोत्कृष्ट चेतना भएको हामी मानव जातिमा हरेक व्यक्तिमा केहि न केहि प्रतिभा हुने र आर्थिक तथा राजनैतिक कारण आफ्नो प्रतिभा प्रस्फुटन गराउन नसकिरहेको तितो यथार्तालाई आर्त्मसाथ गर्दै “प्रतिभा परिवार” अगाडि बढ्ने बताईएको छ ।

प्रतिभा परिवारको बैठकले “प्रतिभा परिवार”को “प्रतिभा भाग १ ” विमोचनको समिक्षा, नयाँ सदस्य थप,कार्य विभाजन,कोष व्यवस्थापन,आर्थिक प्रतिबेदन कोष संयोजक बाट र प्रतिभा एल्बम २ को बारेमा बृहत छलफल गरेको थियो ।

प्रतिभा परिवारको बैठकबाट संयोजकमा पुनः राज रोबट अजनवीलाई सर्वसहमतीमा तोकियो भने, सह संयोजकमा बसन्ती लिम्बु “द्रोणा”लाई तोकिएको छ । प्रवक्तामा इक्साहांग चेम्जोङ्ग रहेका छन् । समितिको सल्लाहकार समितिमा, जानु काम्बाङ्ग लिङ्ग्देन,सदस्य राजा माबो,देवीन बावु राई, दिलिप राई सगर, सुमन राई रहेका छन् ।

सृजना छनौट समितिमा संजय राई छुच्चा,दिनेश बस्नेत “मायालु” अञ्जना राई रहेका छन् । यसैगरी नुमा राईको संयोजकत्वमा कोष व्यवस्थापन समिति पनि तोकिएको छ । कोष व्यवस्थापन समिति सदस्यमा, इनुशा चेम्जोङ्ग र प्रेम तमु रहेका छन् ।
यसैगरी प्रचार प्रसार विभागमा, चन्द्र श्रेष्ठको संयोजकत्वमा सलोनी सुब्बा,महेन्द्र लिम्बु रहेका छन् । भने, मध्ये पूर्वी खाडि संयोजक चन्द्र श्रेष्ठ “अफगानिस्तान”,पूर्वी एशिया संयोजक,प्रदिप तुखेशा लिम्बु “जापान” नरेश लिङ्ग्देन “अमेरिका” र मलेशिया संयोजकमा तिर्थ चाम्लिङ्गलाई तोकिएको छ ।

साथै अनुशासन समितीमा परिवारको संयोजक नै प्रमुख रहने र अन्य समिति संयोजकहरु सदस्य रहने निर्यण गरियो, तथा कोष सङ्योजक प्रमुख रहने गरि लेखा समिति गठन गर्ने र लेखा समितिमा अन्य समितिका संयोजकहरु सदस्य रहने बताईएको छ ।
कोष व्यवस्थापन गर्न तत्काललाई नयाँ सदस्य बाट प्रवेश शुल्क नेरु ५००० र अरु सदस्य बाट मासिक लेबि जम्मा गरि आर्थिक कारोबार अघि बढाउने र आगामी तीन महिना भित्र रु एक लाखको कोष खडा गर्ने बताईएको छ ।
प्रतिभा परिवारको “प्रतिभा२ “गीति एल्बममा गायन तर्फ,तिर्थ चाम्लिङ्ग राई,महेन्द्र लिम्बु र प्रेम तमुलाई विशेष प्राथमिकता दिने जनाईएको छ । कार्यक्रममा पत्रकार देबेन्द्र खापुङ्गलाई विशेष धन्यवाद दीइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *