प्रत्यारोपण गर्न मिल्ने कृत्रिम मिर्गौला तयार

एजेन्सी– अमेरीकाको वैज्ञानिकहरुले प्रत्यारोपण गर्न मिल्ने कृत्रिम मिर्गौला तयार गरेका छन् । क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले वास्तविक मिर्गौलाले जस्तै काम गर्न सक्ने र प्रत्यारोपण गर्न मिल्ने कृतिम मिर्गौला तयार गरेर मिर्गौला फेल भएका बिरामीहरुमाथि परीक्षण गर्न लागेका हुन्।

अनुसन्धानकर्ताहरुको परीक्षण सफल भए मिर्गौला फेल भएका बिरामीले डायलासिसको झन्झट बेहोर्नु नपर्ने र मिर्गौलादाता खोज्नु नपर्ने बताएको छन् । प्रत्यारोपण गरिएका ९३ प्रतिशत मिर्गौला एक वर्षपछि काम गरिरहेको पाइन्छ भने ८३ प्रतिशत मिर्गौलाले तीन वर्षपछिसम्म काम गरिरहेको देखिन्छ।

डायलासिस गरेका बिरामीहरुको आयु ५ देखि १० वर्षसम्म हो। प्रत्यारोपण गर्न मिल्ने कृत्रिम मिर्गौला डायलासिसको विकल्प हो यसले बिरामीलाई डायलासिसको झन्झटिलो प्रक्रियाबाट छुटकारा दिने बताईएको छ ।

‘मिर्गौला फेल भएका विरामीहरुलाई वास्तविक मिर्गौला प्रत्यारोपणनै उत्तम विकल्प हो तर मिर्गौला दान गर्ने मानिसहरु हतपत फेला पर्दैनन्। फेला परिहालेपनि उनीहरुले लामो समयसम्म औषधि सेवन गरेपछि मात्रै प्रत्यरोपण गरिएको मिर्गौलाले काम गर्छ कृत्रिम मिर्गौला प्रत्यरोपण गर्दा औषधी समेत सेवन गर्नु नपर्ने बताईएको छ ।

कृत्रिम मिर्गौला प्रत्यारोपण गर्दा ट्युब राख्नुपर्दैन। शरीरको रक्तचाप अनुसारनै यसले काम गर्ने भएकाले ट्युबको आवश्यकता नपरेको हो। सिलिकन नानो प्रविधिमा आधारित कृत्रिम मिर्गौला स्वस्थकर छ भने रगत समेत मजाले फिल्टर गर्ने अनुसन्धानकर्ताहरुको दाबी छ। मोलिकुलर कोटिङ र हेमो फिल्टर प्रविधि भएकाले रगत समूह अनुसारकै मिल्ने र रगतलाई फिल्टर गरेर टक्सिनलाई कृत्रिम मिर्गौलाले सहजै सोस्ने अनुसन्धानकर्ताहरुको दाबि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *