प्रदेशको अस्थाई राजधानी नतोकिने, काठ्माडौमै सांसदहरुलाई सपथग्रहण गराईने

काठमाडौ २३ पुस- प्रदेशहरुको अस्थायी राजधानीको विषयमा आन्दोलन चर्किने संकेत देखिएपछि सातै प्रदेशका सांसदहरुलाई काठ्माडौमै सपथग्रहण गराईने भएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको हो । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरकारले नयाँ रणनिति अपनाएको हो ।

अहिले सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै देशका कम्तिमा ७ जिल्लामा आन्दोलन भइरहेको छ । १ नम्बर प्रदेशको धनकुटा र सुनसरीमा आन्दोलन शुरु भएको छ । सो प्रदेशको अस्थायी केन्द्र बिराटनगर तोकिने चर्चासँगै अन्यत्र आन्दोलन भएको हो ।

त्यस्तै २ नम्बर प्रदेशको मुकाम जनकपुर हुने भनिएपछि वीरगञ्जमा आन्दोलन भइरहेको छ । ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर तोकिने चर्चासँगै काभ्रेपलाञ्चोकमा आन्दोलन शुरु भएको छ । हेटौंडा र चितवनले पनि असन्तुष्टि जनाइसकेका छन् ।

प्रदेश नम्बर ५ को अस्थायी केन्द्र दाङ हुने भनिएसँगै बुटवल र नेपालगन्जमा आन्दोलन शुरु भइसकेका छन् । कपिलवस्तुमा समेत राजधानी माग्दै आन्दोलन शुरु भएको छ । प्रदेश ७ को मुकाम धनगढी हुने चर्चा आएपछि दिपालयमा आन्दोलन चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *