प्रदेश नं २ को पहिलो बैठक जिल्ला शिक्षा कार्यालय धनुषाको हलमा गर्न सिफारिश

जनकपुर १२ पुस – प्रदेश नं. २ को प्रदेशसभाको पहिलो बैठक जिल्ला शिक्षा कार्यालय, धनुषाको तालिम केन्द्रमा राख्न सरकारले गठन गरेको कार्यदलले सिफारिस गरेको छ ।

जनकपुर प्रदेशको राजधानी समेत हुने सम्भावना भएको क्षेत्र समेत भएको र भौतिक संरचना पनि तत्काललाई उपयुक्त भएका भन्दै कार्यदलले जिशिका धनुषाको तालिम केन्द्रलाई पहिलो बैठक स्थल बनाउन सिफारिस गरेको हो ।

यसअघि जचुकालीमा पहिलो प्रदेशसभा बैठक राख्ने भनिएको थियो । तर, जचुकालीको मर्मत सम्भारका लागि लामो समय लाग्ने भएकाले तत्कालका लागि तालिम केन्द्र नै उपयुक्त भएको निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंले अनलाइनखबरलाई बताए ।

‘तालिम केन्द्रमा भवन पनि तयारी अवस्थामा रहेकाले प्रदेशसभा बैठक स्थलका लागि लागि हुने संक्रमणकालीन व्यवस्थापनका लागि अहिलेलाई यो स्थान उपयुक्त भएकाले सिफारिस गरिएको समाचार अनलाईन खबरले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *