प्रदेश नं ४ मा नयाँ शक्तिबाट समानुपातिक सांसदहरु

कास्की ४ पुस – निर्वाचन आयोगका अनुसार प्रदेश चारमा एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ । कांग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ र माओवादीले १ लाख १९ हजार ५ सय २८ मत ल्याएको छ । नयाँ शक्ति र राष्ट्रिय जनमोर्चा पनि थ्रेसहोल्ड कटाउँदै प्रदेश पार्टी हुन सके । नयाँ शक्ति पार्टीले २४ हजार ६ सय २५ र जनमोर्चाले १९ हजार २ सय ७६ मत पाएका छन् ।

नयाँ शक्तिले प्रदेश सभामा गोरखा २ को १ मा हरिशरण आचार्य जितेका कारण यसमा महिलाले नै सांसद बन्न पाउनेछन् । आदिवासी महिलाको एब नम्बर सूचीमा रहेकी घनमाया पोखरेल लामा र दलित महिलाको एब नम्बर सूचीमा रहेकी कास्कीकी लक्ष्मी परियारमध्ये एक जना समानुपातिक सांसद बन्ने देखिएको छ ।

प्रदेश सभाको प्रत्यक्षमा २ सिट जितेको राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाउने १ सिटमा पनि महिला नै पुग्ने अवसर पाउने छन् । यसमा खसआर्यको तर्फबाट पर्वतकी सरस्वतीदेवी पौडेल, दलित महिलाको तर्फबाट लक्ष्मी विक र जनजाति महिलाको तर्फबाट पियारी थापामध्ये एक जनाले समानुपातिक सांसद बन्ने अवसर पाउने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *