प्रदेश नम्बर १ भित्र के-कति कहाँ छन् ? कुन जाति कति छन् ? एक परिचय

प्रस्तुति : ईन्द्र जिजीबिषा-प्रदेश नम्बर १ – नेपालको विशिष्टता हिमाल पहाड र तराई क्षेत्र मिलाएर बनाईएको छ । यस प्रदेशको क्षेत्रफल २५ हजार ९ सय वर्ग कि.मि रहेको छ । नेपालका प्राय सबै जातिको बसोबास रहेको यस क्षेत्रमा बढि संख्या क्षेत्री र दोस्रोमा राईको जनासंग्ख्य रहेको छ । यस प्रदेशमा मेची अञ्चलका चार जिल्ला कोशी अञ्चलका ६ जिल्ला र सगरमाथा अञ्चलका चार जिल्ला गरि १४ जिल्ला समेटेर निर्माण गरिएको छ । उच्च हिमाली जिल्ला ताप्लेजुङ्ग संखुवासभा र सोलुखुम्बु पहाडि जिल्ला उदयपुर, खोटाङ्ग,ओखलढुङ्गा, भोजपुर,धनकुटा तेह्रथुम,पाँचथर,ईलाम साथै तराईका जिल्ला झापा,मोरंग,सुनसरी मिलेर यो प्रदेश निर्माण गरिएको छ ।

मध्ये पहाडि लोकमार्गले १४ जिल्ला मध्ये ९ वटा जिल्ला भएर जान्छ भने,पूर्ब पश्चिम राजमार्गले तराईका जिल्लामा यातायात सुविधा दिएकै छ । मध्ये पहाडि लोकमार्गा, पूर्व पश्चिम राजमार्ग लगायत यातायातको लागि अन्य स-साना अस्थानिय सडकले सबै जिल्लालाई जोडेको छ । निर्माणधिन मध्य पहाडि लोकमार्गा यस क्षेत्रको पहाडि जिल्लाहरुको विकासको मेरुदण्ड हो । यस प्रदेशमा पर्ने सुनसरी र मोरंग जिल्ला पुराना औधोगिक जिल्लाहरु हुन् ।

नेपालको पहिलो उद्योग बिराटनगर जुट मिल मोरंग जिल्लामा पर्छ । अहिले मोरंग,सुनसरी जिल्लामा दर्जनौ ठूला ठूला उद्योग कलकारखाना संचालनमा रहेका छन् । उद्योग कलकारखाना भए पनि आवश्यक रोजगारी सिर्जना नहुँदा बैदेशिक रोजगारीमा जानेको संख्या पनि उल्लेख्य रहेको छ । यस प्रदेशमा पहाडि जिल्लाहरुमा जनसंख्या वृद्धिदर कम रहेको छ । जसको कारण वैदेशिक रोजगारी भएको देखिन्छ । पहाडि जिल्ला र हिमाली जिल्लाबाट तराईका जिल्लामा बसाईं सराईको क्रम तिब्र छ । बसाईं सराई संगै तराईका जिल्लाका खेतीयोग्य फाँटमा कंगक्रिटका संरचना थुप्रिने र पहाड तथा हिमालका खेतीयोग्य जमिन बाँझै रहने गरेको छ । जसले गर्दा बर्षेनी कृषि उत्पादन घट्दै गईरहेको छ । मध्य पहाडि लोकमार्गा निर्माण पछि बसाईं सराई घट्ने अनुमान गर्न सकिन्छ  किनकि यस लोक मार्गको निर्माणपछि ति ईलाकामा विकास निर्माण र ठूला परियोजना संचालनमा हुनेमा स्थानिय आशावादी छन् । अरुण तेस्रो जलविद्युत आयोजना र सप्तकोशी बहुउदेश्यिय परियोजना जस्ता ठूला परियोजना यहि प्रदेशमा पर्दछन् । अहिले रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानेको संख्या ३ लाख ४२ हजारभन्दा बढि रहेको छ ।

शैक्षिक हिसाबले यो प्रदेश अत्यन्त राम्रो छ । प्रदेशका सबै जिल्ला ६५ प्रतिशत भन्दा बढि मानिस साक्षर छन् । राजनीतिक रुपमा पनि यो प्रदेशका जिल्लाहरु सचेत रहेको छन् । २००७ सालको राणा बिरोधि आन्दोलन होस् या चर्चित झापा बिद्रोही, सुखानी हत्या काण्ड,छिन्ताङ्ग हत्याकाण्ड जस्ता राजनीतिक सचेतनाका घटनाहरु यसै प्रदेश जिलाहरु बाट भएको थिए । २००७ सालको आन्दोलन मोरंगको बिराटनगर सुखानी र झापा बिद्रोह झापा जिलामा र छिन्ताङ्ग हत्याकाण्ड धनकुटामा भएको थियो ।

विश्वको सबै भन्दा अग्लो सगरमाथा यहि प्रदेशमा पर्दछ । त्यसका साथै कंचनजंघा पनि यसै प्रदेशमा पर्ने अर्को पर्वतारोहणको आकर्षण भएको क्षेत्र हो । सगरमाथा संसारकै पर्वतारोहीको गन्तव्य हो । कोशी टप्पु आरक्षण पाथिभरा, हलेसी कंचनजंघा संरक्षण क्षेत्र, भेडेटार यस प्रदेशका चर्चित पर्यटकिय स्थल हुन् भने,प्राकृतिक साधन स्रोत अर्थ्यात कृषि खनिज,ढुंगा,वन,जंगल,जडिबुटि, नदीनाला आदिमा पनि यो प्रदेश अब्बल दर्जामा रहेको छ ।
ताप्लेजुङ्ग     ७२.१
पाँचथर         ७३.४
ईलाम          ७८.३
झापा           ७५.३
मोरंग          ७०.९
सुनसरी        ६८.९
धनकुटा        ७४.८
भोजपुर        ७०.१
उदयपुर        ६९.५
संखुवासभा    ७०.२
सोलुखुम्बु     ६५.१
खोटाङ्ग      ६९.५
तेह्रथुम        ७५.२
ओखलढुङ्गा  ६५.१
यो प्रदेश साक्षरताको हिसाबले राम्रो प्रदेशमा पर्दछ । मुलुकको औसत साक्षरता दरभन्दा यस प्रदेशको साक्षरता डर उछ रहेको छ । यस प्रदेशमा सबैभन्दा बढि साक्षरता रहेको जिल्ला ईलाम देखिएको छ । जहाँको साक्षरता प्रतिशत ७८%३ प्रतिशत रहेको छ । त्यसपछि झापा,तेह्रथुम आदि क्रमश रहेको छन् । सबै भन्दा कम साक्षरता प्रतिशत ओखलढुङ्गा र सोलुखुम्बुमा देखिएको छ । यस प्रदेशमा २८.२१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् । प्रदेशमा सबै भन्दा उच्च जीवनस्तर भएका मानिस झापा,मोरंग र सबै भन्दा न्यून जीवनस्तर भएका मानिस ताप्लेजुङ्गमा बस्दछन् भने प्राकृतिक साधन स्रोतको हिसाबले सबै भन्दा धनि जिल्ला संखुवासभा हो भने त्यसपछि सुनसरी दोस्रो धनि देखिएको छ । यस प्रदेशमा प्रदेशको राजधानी राख्ने विषय पेचिलो मुद्धा बनेर आउने देखिन्छ भने लिम्बुवान राज्य छुट्टै माग गर्ने शक्तिहरुलाई मूल धारमा ल्याउने अर्को जटिल कार्य हो ।
यस प्रदेशमा मुख्य जातिहरु
क्षेत्री        ६६९९९८
राई         ५१३४५६
बाहुन       ५०७९६३
लिम्बु       ३६४८३०
तामाङ्ग    १९४१३७
मगर       १८९२५०
थारु        १८८३५५

प्रदेश नम्बर १ मा भएका जिल्ला र जनसंख्या
ताप्लेजुङ्ग    १२७,४६१
पाँचथर       १०१,८१७
ईलाम        २९०,२५४
झापा         ८१२,६५०
मोरंग         ९६५ ,३७०
सुनसरी       ७६३ ,४८७
धनकुटा       १६३ ,४१२
तेह्रथुम        १०१,५७७
संखुवासभा    १५८,७४२
भोजपुर       १८२,४५९
सोलुखुम्बु     १०५,८८६
ओखलढुङ्गा  १४७,९८४

खोटाङ्ग     २०६ ३१२
उदयपुर      ३१७ ५३२

यी मुख्य जातिहरुका अलावा यो प्रदेशमा पहाडे दलित ६.११ प्रतिशत मधेशी दलित ३.१३ प्रतिशत,मुश्लिम ३.१५ प्रतिशत रहेका छन् । नेपालमा पाईने प्रमुख जाति यस प्रदेशमा बसोबास गर्दछन् ।

जलविद्युत आयोजना
अरुण तेस्रो, सप्तकोशी बहुउद्देशिय परियोजना यस क्षेत्रका ठूला र मुख्य जलविद्युत आयोजनाहरु हुन् । यो बाहेक अन्य स-साना जल विद्युत आयोजना विभिन्न जिल्लामा संचालनमा रहेका छन् ।

मुख्य धार्मिक स्थल
पाथिभरा,हलेसी,लारुम्बा, छिन्ताङ्ग देवी आदि यस क्षेत्रका मुख्य धार्मिकी स्थलहरु हुन् ।

विमान स्थल
यस प्रदेशमा १२ वटा विमान स्थलहरु रहेका छन् । जसमा मुख्य बिराटनगर र सोलुखुम्बु हुन् ।

मुख्य पर्यटकिय स्थलहरु
सगरमाथा जस्तो नेपालको मुख्य पर्यटकिय स्थल यसै प्रदेशमा पर्दछ । त्यसपछि, कंचनजंघा गुराशाको राजधानी भनिने तिन जुरे मिल्के जलजले पनि यसै प्रदेशमा रहेका छन् । साथै अरुण उपत्यका किचकबध केचना यहाँका अन्य पर्यटकिय स्थलहरु हुन् ।

संरक्षण क्षेत्र र आरक्षण क्षेत्र
यस प्रदेशमा कंचनजंघा संरक्षण क्षेत्र मकालु, बरुण राष्ट्रिय निकुञ्ज र कोशी टप्पु आरक्षण मुख्य आरक्षण क्षेत्रहरु हुन् भने जल जंगल,कृषि जलविद्युत, अलैची,जडिबुटि, खनिज अन्य प्राकृतिक सम्पदा यस क्षेत्रको मुख्य आम्दानिका क्षेत्र हुन् । प्राकृतिक स्रोतको उचित विकास नहुँदा रोजगारीको अवसर सिर्जना हुन सकेका छैनन् । जसको कारण वैदेशिक रोजगारीमा जाने संख्या यस प्रदेशमा उछ रहेको छ ।

स्रोत : संघिय सात प्रदेश,नेपालको संविधान
विकासक्रम र विशेषता

Leave a Reply

Your email address will not be published. Required fields are marked *