प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटेको प्रहरीको गाडी दुर्घटना

कैलाली १४ असार  प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा मत खसाल्न जानुभएको छ  । उहा गृह जिल्ला भएकै बेला देउवाको सुरक्षामा बसेको प्रहरीको एउटा गाडी कैलालीमा दुर्घटना भएको छ ।

कैलालीको सहजपुरमा प्रधानमन्त्री देउवाको सुरक्षाका लागि स्कटिङमा  रहेको प्रहरीको से १ ख १५०३ नम्बरको गाडी तीब्र गतिका कारण सडकमा अन्यन्त्रित भैइ  चिप्लिएर दुर्घटना भएको हो । जिप्रका कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीका अनुसार दुर्घटनामा परि १० जना प्रहरी समेत घाईते भएका छन् । ति मध्ये ४ प्रहरी जवानको अवस्था चिन्ताजनक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *