प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको बारेमा प्रहरी प्रधान कार्यालयले जारि गरेको विज्ञप्ति

काठमाडौ १२ बैशाख, प्रहरी महानिरीक्षक नवराज सिलवाललाई बिना सूचना, बिना पक्राउ पुर्जी प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचारको प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले जारि गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल सरकार मन्त्रि परिषदको मिति २०७४-१-७ को निर्णय अनुसार प्रहरी महानिरीक्षक नवराज सिलवालले सम्मानित सर्वोच्च अदालत समक्ष पेश गरेको कार्य सम्पादन मुल्यांकन फारमको प्रतिलिपिका सन्दर्भमा उक्त कागज प्राप्तिको स्रोत र वैधानिकता खुलाउने भन्ने समेतको प्रयोजनले गठित छानबिन समितिले

प्रहरी नायब महानिरीक्षकलाई सोधपुछका लागि मिति २०७४-१-११ गते बिहान ८ बजे पत्र दिई सूचित पश्चात प्रहरी नायब महानिक्षक नवराज सिलवालले आफ्ना कानुन व्यावसायी बरिष्ठ अधिबक्ता शम्भु थापा समेतलाई आफ्नो साथमालिई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग समक्ष आई सोधपुछ पश्चात सोहि दिन ४ बजे प्रहरी नायब महानिरीक्षक सिलवाललाई सकुशल उहाँकै घरमा पुर्‍याएको र यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालत समक्ष २०७४-१-१२ का दिन जाहेर गरि सकिएको बताएको छ ।

तर, सोमबार साँझ ब्लड प्रेसर बढेको भन्दै ललितपुरको विएण्डबी अस्पताल भर्ना भएका डिआईजी सिलवालले आफुलाई अपहरणको शैलीमा प्रहरीले नियन्त्रणमा लिएको र अझैसम्म नछाडिएको बताएका थिए ।

प्रहरी प्रधान कार्यालयले जारि गरेको सूचना

prahari

Leave a Reply

Your email address will not be published. Required fields are marked *