प्रियालाई दुई शब्द

प्रियालाई दुई शब्द              udaya

प्रिया
तिमी व्लाद तृतीय बनेपछि
तिमी प्रतिको मेरो प्रेम
पलपल तिमी भित्र-भित्र
चल्ने मेरो मुटु
सहिद बन्दैछ
पिडाको हद नाघेपछि
हेर न म वाक्य विहिन भएको
तिम्रो खुशीमा हाँस्ने मेरो ओँठमा
हेरन कम्पन
मेरो नसो-नसोहरू
सबै अङ्ग अङ्गहरू
तिम्रो प्रताडनाको आगोमा
हेरन केवल थर्थराईरहेको
मेरो आत्मा
मेरो माया र मुटुलाई
तिमीले इम्पेल्मेन्ट गर्यौ
इम्पेलमेन्ट पोल
मेरो शरीर
बिस्तारै बिस्तारै चिरा पारिरहेछ
आर्तनादमा बगेका मेरो आँशुले
छुदैन अलिकति पनि? तिम्रो हृदयमा?
पोलको घोपाईले बगिरहेको रगतले
तिम्रो अनुहारमा
पूर्णिमा रङ्ग पोतिएको देख्छु
यतिखेर तिम्रो थोरै
आत्मा थकथकी पनि हुँदैन ?
छि!
तिमी त कति निर्दयी मानव
म त चाहान्थेँ
तिमी सजिएकी मण्डपमा
मैले वरमाला पहिरनु
हाम्रो प्रणय संयोगमा
नक्षत्रहरूको जन्म होस्
घामलाई हेर त
कति न्यानो रश्मि छरिरहेको
जो सबै सृष्टि संरचनाको प्राण बनेको
हो म त्यहि घाम जन्माउँन चाहान्थेँ
जुनलाई पनि हेर
कति शान्त र शीतल
जो सबै प्राणी जगतको मलम बनेको
हो म त्यहि जुन जन्माउँन चाहान्थेँ
ताराहरूमा कहिले ग्रहण देखेको छौ?
जो सदावहार चम्किरहन्छ
हो म त्यहि तारा जन्माउँन चाहान्थेँ
तर
यि मेरो सबै सृष्टिका चाहानाहरू
तिम्रो निर्मम्तामा सहिद भईरहेको छ
जहाँ तिमीलाई मेरो मुटु समर्पण गरेँ
कटु जवाफले
मलाई त यहुदी पालमा चढायौ
तिमी क्रूर बनेर
मलाई सहिद बनायौ।
मलाई सहिद बनायौ।।

                        उदय रानोहोँछा
~~~~~~~~~~~~खोटाङ~~~~~~~~~~~~

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES