प्ले नेपालले सुरुवात गर्‍यो खेलकुद मार्फत व्यक्तित्व विकास

काठमाडौ ११ चैत्र , “खेल संगै पढाई ” भन्ने मुल नाराका साथ प्ले नेपालले विद्यालयहरुमा खेलकुद क्रियाकलाप मार्फत विद्यार्थीको समुचित विकास गर्ने कार्यक्रम संचालन गर्दै आएको छ । आजकलको ब्यस्त जीवनशैली र खेलमैदानको अभावको कारणले गर्दा बच्चाहरुले खेलकुद क्रियाकलापमा भागलिन नपाएका काराण प्ले नेपालले उक्त कार्यक्रम संचालन गरेको हो ।

परिक्षामा राम्रो नम्बर ल्याउनु पर्ने बोझले गर्दा खेलकुद क्रियाकलापमा विद्यार्थीहरु खेलकुदमा सहभागी हुने समय छैन । जसको नतिजा (बच्चा) विद्यार्थीहरुको उमेर अनुसार शारीरिक विकास हुन पाउदैन । विद्यालयमा हुने अतिरिक्त शैक्षिक क्रियाकलाप मात्र विद्यार्थीहरुको लागि पर्याप्त छैन । परिक्षामा विद्यार्थीहरुले राम्रो नतिजा ल्याउनु पर्ने दबाबको कारणले बिद्यालयहरु चाहादा चाहदै पनि खेलकुद कार्यक्रम संचालन गर्न असमर्थ छन् । दक्ष जनशक्तिको अभाब, महँगो खेल सामग्री र खेल मैदान अभावको कारणले विद्यालयहरु खेलकुद कार्यक्रम गर्न असमर्थ छन् ।

कुनै पनि बिद्यालयको गुणस्तर एस.एल.सी(एसईई)नतिजाले मात्र होइन त्यो स्कूलबाट उत्पादन हुने विद्यार्थीको ब्याक्तित्वमा पनि भर पर्छ । (बच्चाहरु) विद्यार्थीहरुलाई सानो उमेर देखि नै खेलकुदमा सहभागी गराएर (बच्चा)विद्यार्थीहरुको सर्व पक्षीय विकास गराउने सोचका साथ प्ले नेपाल सुरु भएको छ। “खेल संगै पढाई ” भन्ने मूल नारा भएको प्ले नेपालले विद्यालयहरुमा खेलकुद क्रियाकलाप मार्फत विद्यार्थीहरुको सर्व पक्षीय विकास गर्न उक्त कार्यक्रम संचालन गर्दैछ ।

पढाईको जस्तै खेलकुदको पनि कोर्ष नै बनाएको प्ले नेपालको कार्यक्रम अहिले उपत्यकाका धेरै स्कूलहरुमा लागु भईसकेका छन् । सम्पूर्ण विद्यार्थीहरुलाई समाबेस गराइने उक्त कार्यक्रम लागु भएपछि विद्यालयहरुमा विद्यार्थी गयल हुने दर पनि घट्दो छ ।

कार्यक्रम संचालन गर्न आवस्यक पर्ने खेलकुद सामग्री,शिक्षक प्ले नेपालले नै उपलब्ध गराउने भएकोले विद्यालय व्यवस्थापन मूल शैक्षिक कार्यक्रममा मात्र सम्पूर्ण ध्यान दिन पाउने प्ले नेपालले जनाएको छ। प्ले नेपालले निकट भविस्यमै फुटबल तथा क्रिकेट एकेडेमी पनि संचालन गर्ने लक्ष्य कम्पनीले लिएको, प्ले नेपालले सूचना खबरलाई जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *