फूलै राखी हातैमा बिन्ती बिसाउदै “ममता राई”

ईन्द्र जिजीबिषा-काठमाडौ १३ जेठ- गायिका तथा मोडेल ममता राईको “फूलै राखी हातैमा बिन्ती बिसाउकी” गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । “टुना मुना”, मेरो जीवनको ज्योति” ,तिम्रो मायाले धेरै रुवायो” जस्ता गीतहरु बजारमा ल्याएर चर्चा कमाई सकेकी गायिका ममता राईको यो दोस्रो एल्बम “ममता २” मा रहने गीत हो ।

गायिका ममता राईलाई पहिलो ‘ममता” गीति एल्बमले सफल गायिकाको रुपमा स्थापित गराई सकेको छ । “ममता २” मा ६ वटा गीतहरु रहने छन् । शब्द संगीत शिव संगम राईको रहेको उक्त गीतमा गायिका ममता राईलाई गायक राजेश पायल राईले साथ् दिएका छन् । यो भन्दा अगाडी ‘मेरो जीवनको ज्योति” बोलको गीतमा गायिका ममता राईले नायक गजित विष्ट संग नायिकाको रुपमा अभिनय गरीसकेकी छिन् ।

काठमाडौ नजिकै रामकोटको मनोरम दृष्यहरुमा छायांकन गरिएको “फूलै राखी हातैमा, बिन्ती बिसाउकी” गीतको म्युजिक भिडियोमा रुकमान लिम्बु र निशा लिम्बुले अभिनय गरेका छन् । संचारकर्मी तथा निर्देशक एमपी सुब्बाको निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई नविन गुरुङ्ले छायांकन गरेका छन् । उक्त गीतको म्युजिक भिडियो भने केहि दिनभित्रै सार्वजनिक गर्ने ममता राईले सूचना खबरलाई बताईन् ।

छायांकनमा देखिएका केहि विम्वहरु

mamata1 mamata2 mamata3 mamata4mamata

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES